• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    स्ववियु : नेविसंघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाले टुंगायो उम्मेदवार,सभापतिमा गिरी

    • lumbinisanjal
    • २०८१ फाल्गुन २५, आईतवार ०४:०२
    20.9K
    SHARES
    स्ववियु : नेविसंघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाले टुंगायो उम्मेदवार,सभापतिमा गिरी

    बुटवल , २५ फाल्गुण । नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाई समितिले आसन्न स्ववियुलाई लक्षित गरि उम्मेदवारको टुंगो लगाएको इकाईका कार्यबाहक अध्यक्ष दिपक घिमिरेले लुम्बिनीसञ्जाललाई जानकारी दिए ।

    इकाईले स्ववियु सभापतिमा कमल गिरीलाई टुंगो लगाएको हो । गुल्मीमा जन्मिएका गिरी गाउंकै विद्यालयबाट विद्यार्थी राजनिती गरेर हाल सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा विद्यार्थी राजनीतिमा शसक्त छन् । उनी सञ्चारकर्म संगै सामाजिक क्षेत्रमा पनि अगाडि छन् ।

    त्यस्तै इकाईले आसन्न चैत्र ५ गते हुन गैइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सचिव पदमा मेलिना धर्ती र कोषाध्यक्ष पदमा नविना कंडेललाई सर्वसम्मत रुपमा छनोट गरेको इकाई सभापति घिमिरेले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २५, आईतवार ०४:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP