• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोट संग्राहलयमा कार्यपालिका बैठक

    • lumbinisanjal
    • २०८१ फाल्गुन २१, बुधबार ०९:२८
    2.4K
    SHARES
    धुर्कोट संग्राहलयमा कार्यपालिका बैठक

    गुल्मी , २१ फाल्गुण ।  गुल्मीको धुर्कोट गाउँपालिका, गाउँकार्यपालिकाको बैठक धुर्कोट संग्राहलयमा बसेको छ । संग्राहलयको प्रचार–प्रसार एवं दीगो संचालनको लागि मंगलबारको कार्यपालिका बैठक संग्राहलयमा बसेको हो ।

    गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षतामा बसेको बैठकले आगामी चैते दसैँसम्म संग्राहलय संचालन गर्ने निर्णय गरेको छ ।

    संग्राहलयमा आवश्यक सामग्री जुटाउनको लागि पालिका स्तरमा उपाध्यक्ष सीता गिरीको अध्यक्षतामा मुल समिति र वडास्तरमा पनि समितिहरु गठन गरिएको वडा नम्बर १ का अध्यक्ष एवं प्रवक्ता चेतमान कुँवरले जानकारी दिनुभयो ।

    संग्राहलयमा माटाका पुराना भाडा, तत्कालिन अवस्थामा धुर्कोट राज्य हरण हुदाँ तत्कालिन शासकले लगाउने पोशाक, प्राचिन कालमा प्रयोगमा आएका विभिन्न प्रकारका सामग्री लगायतका सामग्रीहरु संग्राहलयमा राखिनेछ ।

    गाउँपालिकाले वडा नम्बर ६ स्थित धुर्कोट कोट नजिकै संग्राहलयको निर्माण गरेको छ । उक्त संग्राहलय कोट व्यवस्थापन समिति मातहत रहेने भएकोले कार्यपालिकाको समुहले व्यवस्थापन समितिसँग पनि छलफल गरेको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन २१, बुधबार ०९:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP