• २०८३ कार्तिक २८ | Fri, 13 Nov 2026
  • Dark Mode

          Subscribe

    शिव दर्शन क्लब भलिबल प्रतियोगितामा गुन्धारा च्याम्पियन

    • lumbinisanjal
    • २०८३ कार्तिक १९, बुधबार १९:२७
    195
    SHARES
    शिव दर्शन क्लब भलिबल प्रतियोगितामा गुन्धारा च्याम्पियन

    गुल्मी । न्यू शिव दर्शन क्लव इस्मा गाउँपालिका–५ इस्मा रजस्थलको सञ्चालन गरेको खुल्ला पुरुष भलिवल प्रतियोगीताको उपाधी मुसिकोट नगरपालिका–६ को सिर्जनशिल युवा क्लव गुन्धराले जितेको छ । मुसिकोट नगरपालिका–१ थामको सिर्जनशिल नमुना युवा क्लव द्धितिय र इस्मा गाउँपालिका–५ को इस्मा रजस्थल प्रगतीशिल युवा क्लवले तृतीय स्थान प्राप्त गरेका छन् ।

    खुल्ला पुरुष भलिवल प्रतियोगीताको प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने क्लवले क्रमश नगद ४५ हजार, ३० हजार र २० हजार रुपियाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको क्लवका सल्लाहकार समिति संयोजक इश्वरी प्रसाद अर्यालले जानकारी दिए ।
    त्यस्तै भेट्रान तर्फ आयोजक न्यू शिव दर्शन क्लव प्रथम, बुद्ध ज्योति युवा क्लव द्धितिय र इस्मा रजस्थल प्रगतीशिल युवा क्लव तृतिय भएको छ । प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने क्लवले क्रमश नगद २२ हजार, १७ हजार र १२ हजार रुपियाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । जुनियर पुरुष भलिवल प्रतियोगीतामा दोहोली स्टार युवा क्लव प्रथम, न्यू शिव दर्शन क्लव द्धितिय र इस्मा रजस्थल प्रगतीशिल युवा क्लव तृतिय भएको क्लवका सचिव रमेश थापाले जानकारी दिए । जुनियर पुरुष भलिवल प्रतियोगीतामा प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने क्लवले क्रमश नगद १० हजार, सात हजार र पाँच हजार रुपियाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

    खुल्ला पुरुष भलिवल प्रतियोगीता तर्फ उत्कृष्ट खेलाडी दिपेन्द्र माझी, उत्कृष्ट स्पाइकर सन्दिप पुन र अनुशासित खेलाडी संगम परियार पुरस्कृत भएका छन् । भेट्रान तर्फ उत्कृष्ट खेलाडी तुल्सी थापा, उत्कृष्ट स्पाइकर गुमानसिंह गुरुङ्ग र अनुशासित खेलाडीको रुपमा राजु थापा पुरस्कृत भएका छन् ।

    त्यस्तै जुनियर पुरुष भलिवल तर्फ उत्कृष्ट खेलाडी जन्स गुरुङ्ग, उत्कृष्ट स्पाइकर अनुप थापा र अनुशासित खेलाडीको रुपमा देव बहादुर नेपाली पुरस्कृत भएको क्लवका उपाध्यक्ष सुन्दर बस्नेतले बताए । प्रतियोगीतामा सहयोग गर्ने सहयोग दाताहरुलाई सम्मान तथा भलिवल फाइनल खेलको शुभारम्भ इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले गरेका थिए । कार्यक्रममा स्थानीय पञ्चेबाजा र कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।



    lumbinisanjal   
  • २०८३ कार्तिक १९, बुधबार १९:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP