• २०८३ कार्तिक २९ | Sat, 14 Nov 2026
  • Dark Mode

          Subscribe

    युवा व्यवसायी एवम तरुण नेता प्रशन कोइरालाको कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    • lumbinisanjal
    • २०८३ आश्विन ९, शुक्रबार १५:०९
    585
    SHARES
    युवा व्यवसायी एवम तरुण नेता प्रशन कोइरालाको कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    बुटवल । नेपाल तरुण दल रुपन्देहीका कार्यवाहक अध्यक्ष तथा युवा व्यवसायी प्रशान्त कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि रुपन्देही क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

    पार्टी संगठनलाई थप सुदृढ, गतिशील र समयअनुकूल बनाउँदै युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यसहित आफूले उम्मेदवारी घोषणा गरेको कोइरालाले बताएका छन्। लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय कोइरालाले युवाको ऊर्जा, अनुभव र क्षमतालाई पार्टी संगठन तथा जनसेवासँग जोड्न आवश्यक रहेको बताएका छन्।

    ‘पार्टीको सुदृढीकरण र युवाको सशक्तीकरण : हाम्रो साझा संकल्प’ भन्ने अवधारणा सहित उम्मेदवारी घोषणा गरेका कोइरालाले कांग्रेसभित्र युवाको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

    युवा व्यवसायीका रूपमा समेत परिचित कोइराला तरुण दलको नेतृत्वमा रहेर युवामाझ संगठन विस्तार तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टी संगठनलाई बलियो बनाउने, नयाँ पुस्तालाई नेतृत्वमा जोड्ने तथा युवाका मुद्दालाई पार्टीको नीति र कार्यक्रमसँग जोड्ने आफ्नो प्राथमिकता रहने उनले बताएका छन्।

    उनले पार्टीभित्र विचार, अनुभव र नयाँ पुस्ताको ऊर्जाबीचको समन्वय आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसलाई थप सुदृढ र जनमुखी बनाउन आफ्नो भूमिका रहने बताएका छन्। आगामी महाधिवेशनमा प्रतिनिधिहरूको विश्वास र समर्थन प्राप्त हुने अपेक्षासहित कोइराला चुनावी मैदानमा उत्रिएका हुन्।



    lumbinisanjal   
  • २०८३ आश्विन ९, शुक्रबार १५:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP