• २०८३ भाद्र २७ | Sat, 12 Sep 2026
  • Dark Mode

          Subscribe

    २ दिनमा ४३ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

    • lumbinisanjal
    • २०८३ भाद्र २३, मंगलवार १२:४५
    169
    SHARES
    २ दिनमा ४३ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदीको मूल्य पनि वृद्धि

    काठमाडौ । दुई दिनमा ४ हजार ३ सय घटेको सुनको भाउ आज फेरि बढेको छ। चाँदी पनि आज महँगिएको छ।

    सुनको भाउ आज तोलामा ३ हजार ५ सय रुपैयाँ बढेर ३ लाख ५ हजार ४ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    यसअघि आइतबार तोलामा ३ हजार १ सय रुपैयाँ घटेको सुनको भाउ हिजो सोमबार पनि तोलामा १ हजार २ सय रुपैयाँ घटेको थियो।

    हिजो सुनको भाउ तोलाको ३ लाख १ हजार ९ सय थियो।

    त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १ सय रुपैयाँ बढेर ४ हजार ७ सय ९० रुपैयाँ पुगेको छ।

    गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

    त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

    गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।



    lumbinisanjal   
  • २०८३ भाद्र २३, मंगलवार १२:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP