• २०८३ आश्विन ४ | Sun, 20 Sep 2026
  • Dark Mode

          Subscribe

    बाढीपीडितको पीडामा तरुण दलको साथ, अध्यक्ष कोइरालाले भने– ‘विपद्मा नागरिकलाई एक्लो महसुस हुन दिनुहुँदैन,’

    • lumbinisanjal
    • २०८३ भाद्र २१, आईतवार ०६:१३
    338
    SHARES
    बाढीपीडितको पीडामा तरुण दलको साथ, अध्यक्ष कोइरालाले भने– ‘विपद्मा नागरिकलाई एक्लो महसुस हुन दिनुहुँदैन,’

    बुटवल।  बाढी तथा विपद्बाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि जुटाइएको सहयोग सामग्री/रकम नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालालाई हस्तान्तरण गरिएको छ।

    सहयोग बुझिलिँदै अध्यक्ष कोइरालाले विपद्को कठिन घडीमा पीडित नागरिकको साथमा उभिनु मानवीय दायित्व भएको बताए। उनले बाढीपीडितको दुःख कम गर्न सरकारको प्रयाससँगै राजनीतिक दल, युवा, सामाजिक संघसंस्था तथा आम नागरिकले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिए।

    ‘विपद्का बेला पीडित नागरिकले आफूलाई एक्लो महसुस गर्नुहुँदैन। संकटमा परेको परिवारको पीडामा मल्हम लगाउन सकिने सानो सहयोगले पनि ठूलो अर्थ राख्छ,’ अध्यक्ष कोइरालाले भने।

    सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल तरुण दल बुटवल नगर समितिका अध्यक्ष सुजन पुन, पश्चिमाञ्चल ट्रक व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष गणेश घिमिरे, आदिवासी जनजाति युवा महासंघका केन्द्रीय सचिव अर्जुन गुरुङलगायत तरुण नेता तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



    lumbinisanjal   
  • २०८३ भाद्र २१, आईतवार ०६:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP