• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    पहाडको पाखैमा गुञ्जियो तीजको भाका, ‘सुन्तलाको रसैले’मा आशिरजंगको चटक्कै लोक अवतार

    • lumbinisanjal
    • २०८३ भाद्र ३, बुधबार १७:१७
    754
    SHARES
    पहाडको पाखैमा गुञ्जियो तीजको भाका, ‘सुन्तलाको रसैले’मा आशिरजंगको चटक्कै लोक अवतार

    बुटवल। तीजको रमाइलो माहोलसँगै पहाडतिरको ठेट लोक स्वाद बोकेको नयाँ तीजगीत ‘सुन्तलाको रसैले’ सार्वजनिक भएको छ।

    गाउँघरको बोली, पाखापखेराको परिवेश र तीजको उमंगलाई समेटिएको गीतले दर्शक–श्रोताको मन तान्ने प्रयास गरेको छ।
    शान्तिश्री परियार, शान्ता रानी परियार, क्षितिज सुनार र ऋषि खड्काको स्वर रहेको गीतमा ऋषि खड्काकै शब्द तथा संगीत रहेको छ।

    गीतमा सुन्तलाको मिठाससँगै गाउँघरको माया, ठट्टा र तीजको रमाइलो माहोललाई लोकलयमा प्रस्तुत गरिएको छ।

    गीतको भिडियोमा आशिरजंगको विशेष उपस्थिति रहेको छ। पहाडी गाउँले परिवेश सुहाउने उनको चटक्कै लोक लुक्स, हाउभाउ र अभिनयले भिडियोमा छुट्टै आकर्षण थपेको छ। सुष्मा अधिकारी, राजकुमार सिंह र बिन्दु घ्यावलीसँगै आशिरजंगको प्रस्तुतिले गीतको कथा र परिवेशलाई थप जीवन्त बनाएको छ।

    आशिरजंगलाई यसपटक केही फरक ठेट लोक शैलीको भूमिकामा देख्न सकिन्छ। उनको अभिनय, संवाद शैली र गाउँले परिवेशसँगको मेलले भिडियो हेर्दा आफ्नै गाउँघरको तीज सम्झाउने वातावरण बनाएको छ।

    मुकेश नेपालीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा मिलन विश्वकर्माको सम्पादन तथा कलर रहेको छ।

    गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् भने अडियो–भिडियो HeartBeat Nepalको रहेको छ।
    पहाडको पाखा, गाउँघरको बोली, तीजको रमाइलो अनि आशिरजंगको चटक्कै लोक अवतार—‘सुन्तलाको रसैले’ यसपालिको तीजमा रमाउने नयाँ बहाना बनेको छ।

    हेर्नुहोस् भिडियो:

     



    lumbinisanjal   
  • २०८३ भाद्र ३, बुधबार १७:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP