• २०८३ असार ३२ | Thu, 16 Jul 2026
  • Dark Mode

          Subscribe

    ‘तिमी नभए के गरौँला’ सार्वजनिक: नेहर–सिम्रनको स्वरमा रोजनको आकर्षक प्रस्तुति

    • lumbinisanjal
    • २०८२ चैत्र २४, मंगलवार १८:०७
    3.7K
    SHARES
    ‘तिमी नभए के गरौँला’ सार्वजनिक: नेहर–सिम्रनको स्वरमा रोजनको आकर्षक प्रस्तुति

    बुटवल,२४ चैत । नेपाली सांगीतिक क्षेत्रमा नयाँ प्रेमभाव बोकेको गीत ‘तिमी नभए के गरौँला ’ सार्वजनिक गरिएको छ । युवा सर्जक नेहर बुढाथोकीको शब्द तथा संगीतमा तयार भएको गीतमा नेहर बुढाथोकी र सिम्रन परियारको सुमधुर स्वर सुन्न सकिन्छ।

    गीतको संगीत संयोजन बिशाल निरौलाले गरेका हुन् भने रेकर्डिस्टका रूपमा सुमन राना र खुमन रानाले काम गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन्। अडियो–भिडियो निर्माण स्मिता स्नेहा इन्टरटेन्मेन्टले गरेको हो।

    यसैगरी, भिडियोतर्फ राजेन्द्र खत्रीको निर्माण तथा आशिष प्रताप जंगको निर्देशन रहेको छ। मोडलिङ्गमा नवप्रतिभा गुल्मेली मोडल रोजन पन्थी र स्मारिका ढकालको अभिनयले गीतलाई थप आकर्षक बनाएको छ। विशेषगरी, नवप्रतिभाशाली गुल्मीका मोडल रोजन पन्थीको आकर्षक प्रस्तुति र स्मारिका ढकालसँगको केमेस्ट्रीले भिडियो थप जीवन्त बनेको छ । रोजनको अभिव्यक्ति र स्क्रिन प्रेजेन्सले गीतको भावनात्मक गहिराइलाई प्रभावकारी ढंगले प्रस्तुत गरेको देखिन्छ।

    करन चैसिरको छायांकन रहेको गितको ‘हर्टबिट नेपाल’बाट पोस्ट–प्रोडक्सन गरिएको हो। सम्बन्धका भावनात्मक उतारचढाव र प्रेममा ‘अभावको अनुभूति’लाई केन्द्रमा राखेर तयार पारिएको गीतले दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

    निर्माण टिमले गीतमार्फत समकालीन प्रेम कथालाई सरल र संवेदनशील ढंगले प्रस्तुत गर्ने प्रयास गरेको जनाएको छ। गितलाई स्मिता स्नेह इन्टरटेन्मेन्टले युट्युवमा सार्वजनिक गरेको छ ।

    हेर्नुहोस :



    lumbinisanjal   
  • २०८२ चैत्र २४, मंगलवार १८:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP