• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबलमा सिद्धार्थ र कोलिया विजयी

    • lumbinisanjal
    • २०८३ भाद्र २, मंगलवार १४:१८
    208
    SHARES
    प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबलमा सिद्धार्थ र कोलिया विजयी

    बुटवल । बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ मा सिद्धार्थ ई बोर्डिङ स्कुल र कोलिया ईगलिस बोर्डिङ स्कुल विजयी भएका छन । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईगलिस सेकेण्डरी स्कुलको आयोजनामा मंगलबार बिहान भएको पहिलो खेलमा सिद्धार्थले ड्रिम भिजन फर्साटिकरलाई ५–० तथा कोलिया ईगलिस बोर्डिङ स्कुलले न्यु स्टाण्डर्ड दीप एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

    देविनगरस्थित एन्फा टेक्निकल एकेडेमीको खेलमैदानमा भएको पहिलो खेलमा सिद्धार्थको जितमा प्रमिस थापाले ३, बिशाल सुनार र अंकित बोहराले १÷१ गोल गरे । खेलमा प्रमिस थापा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि दोस्रो खेलमा कोलियाको जितमा अंकित सुनार नायक बने । उनले खेलमा ह्याट्रिक गरे । सुनार म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

    मंगलबार दिउसो आयोजक ज्ञानपुन्ज ईगलिस बोर्डिङ स्कुल र नबिन औद्योगिक कद्यर बहादुर रिता माबि, शान्ति नमुना माबि र होराईजन जिबिएस तथा श्री नयागाउ माबि र केरवानी सेकेण्डरी स्कुलका बिचमा खेल हुने छन । प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैया तथा उपविजेता टिमले नगद ३१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । भदौ ८ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयका ४४ टिमले भाग लिएका छन ।



    lumbinisanjal   
  • २०८३ भाद्र २, मंगलवार १४:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP