• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    आज लन्डनमा भेट गर्दै युक्रेन र युरोपेली नेता: के छन् एजेन्डा ?

    • lumbinisanjal
    • २०८१ फाल्गुन १८, आईतवार ०२:५५
    2.5K
    SHARES
    आज लन्डनमा भेट गर्दै युक्रेन र युरोपेली नेता: के छन् एजेन्डा ?

                                                दीर्घकालीन शान्तिको खोजी गर्ने लक्ष्य

    लन्डन, १८ फाल्गुन । युक्रेन युद्धको लागि छलफल गर्ने उद्देश्यसहित आइतबार लन्डनमा युरोपेली नेताको भेट हुने भएको छ। बेलायती प्रधानमन्त्री केइर स्टेइमरले यो भेट युद्ध अन्त्यका लागि महत्त्वपूर्ण हुने बताएका छन्। बैठकमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युरोपका धेरै देशका नेता मात्र होइन युरोपेली युनियन र नाटोको सेना समेत भेट्ने छन्। यो भेटका तीन उद्देश्य छन्। पहिलो उद्देश्य युक्रेनलाई बलियो बनाउने हो। सैन्य सहयोग गर्नुका साथै रुसलाई आर्थिक दबाब दिने लक्ष्य सम्मेलनको छ।

    रुसको आक्रमणबाट युक्रेनलाई बचाउनका लागि दीर्घकालीन शान्तिको बाटो खोजी गर्ने लक्ष्य समेत युरोपेली नेताले राखेका छन्। सुरक्षाको बलियो ग्यारेन्टी अर्को उद्देश्य राखिएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलायती प्रधानमन्त्री स्टेइमरसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। स्टेइमर र जेलेन्स्कीबीच डाउनिङ स्ट्रिटमा भएको भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने विषयमा हस्ताक्षरसमेत भइसकेको छ।

     



    lumbinisanjal   
  • २०८१ फाल्गुन १८, आईतवार ०२:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP