• २०८३ भाद्र २७ | Sat, 12 Sep 2026
  • Dark Mode

          Subscribe

    प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

    • lumbinisanjal
    • २०८३ भाद्र २७, शनिबार १५:४८
    26
    SHARES
    प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट

    बुटवल । एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको छ।

    मलेसियाको क्वालालम्पुरमा शनिबार भएको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई पराजित गरेको हो। यो जितसँगै नेपालले एसिया कपका लागि सिट पक्का गरेको छ।

    एसिया कप अर्को वर्ष बंगलादेशमा हुनेछ। आयोजक बंगालादेशसँगै भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान एसिया कपका लागि छनोट भइसकेका छन्।

    एसीसी प्रिमियर कप विजेता टोली पनि एसिया कपका लागि छनोट हुने व्यवस्था छ। आजको जितसँगै नेपाल पनि एसिया कप खेल्ने भएको हो।

    नेपालले यूएईलाई ४४ रनले पराजित गरेको हो। नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ४९.२ ओभरमा सबै विकेट गुमाएर २६८ रनमा समेटियो।

    यूएईका लागि राहुल चोप्राले शतक बनाए। उनले १०५ बलमा तीन चौका र चार छक्काको मद्दतमा शतक बनाएका हुन्।

    त्यस्तै, शोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रित सिंहले ३३ र खुजैमा तनवीरले १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

    नेपालका लागि करण केसीले तीन, ललित राजवंशीले दुई, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले एक–एक विकेट लिए।

    यसअघि नेपालले आसिफ शेखको शतकका नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो। नेपालका लागि आशिफले १०६ बलमा आठ चौका र चार छक्काको मद्दतले १०४ रन बनाएका थिए।

    त्यस्तै, गुल्सन झाले ५२, अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अह्मदले १५, इशान पाण्डेले १३, सन्दीप जोराले सात, करण केसी र ललित राजवंशीले एक–एक रन बनाए।

    यूएईका लागि इब्रार अह्मदले चार, खुजैम तनवीरले दुई, हैदर अली र अदीब उस्मानीले एक–एक विकेट लिएका थिए।



    lumbinisanjal   
  • २०८३ भाद्र २७, शनिबार १५:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP