• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    ५७ सय मिटरमा भेटियो आरोही पुर्जाको शव

    • lumbinisanjal
    • २०८३ श्रावण १७, आईतवार १४:१०
    611
    SHARES
    ५७ सय मिटरमा भेटियो आरोही पुर्जाको शव

    बुटवल । नेपालीमूलका चर्चित पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को शव ब्रड पिकमा फेला परेको छ।

    अल्पाइन क्लब अफ पाकिस्तानले उद्धार खटिएको टोलीले निम्स दाइको शव ५ हजार ७ सय मिटरमा मृत अवस्थामा फेला पारेको जानकारी दिएको हो।

    घटनास्थलमा निम्स दाइसँगै अरु थप तीनवटा शव पनि देखिएको बताइएको छ। तर, ती शवहरूको पहिचान खुल्न भने बाँकी छ।

    उद्धार टोलीले शवहरूलाई जापानी क्याम्पसँग ल्याउने तयारी गरेका छन्।

    ‘उद्धार तथा शव संकलन गर्ने काम एकदमै जटिल भौगोलिक अवस्थाका कारण अप्ठ्यारो परिरहेको छ। हामी सबैलाई आधिकारिक सूचनाका लागि धैर्य गर्न पुन: अनुरोध गर्दछौँ’, अल्पाइन क्लब अफ पाकिस्तानले भनेको छ।



    lumbinisanjal   
  • २०८३ श्रावण १७, आईतवार १४:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP