• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    चौथौ फुलबारी गाइज फुटसल हुदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

    • lumbinisanjal
    • २०८३ श्रावण १६, शनिबार २०:१३
    598
    SHARES
    चौथौ फुलबारी गाइज फुटसल हुदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

    बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा सामाजिक एकता बलियो बनाउने उद्देश्यका साथ बुटवलमा फुटसल प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षण, रेडबुलको मुख्य प्रायोजन र फुलबारी गाइजको आयोजनामा चौथौ संस्करणको फुलबारी गाइज फुटसल प्रतियोगिता हुने भएको हो ।

    बुटवल–सुख्खानगरस्थित एड्रिक फुटसलमा साउन २९, ३० र ३१ गते हुने प्रतियोगिताको तयारी तिब्र भैरहेको शनिबार बुटवलमा पत्रकार सम्मेलन गरि अध्यक्ष तेजु राना मगरले बताए । फुटसल खेलको विकाससँगै युवाहरूलाई खेलकुदमा सक्रिय सहभागिता गराउने, स्थानीय खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने तथा स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने लक्ष्यसहित खेलकुद गतिविधि संचालन गर्दै आएको उनले बताए ।

    पहिलो संस्करणमा ५० हजार रुपैया पुरस्कार राशीसहित शुरु गरेको प्रतियोगिताको राशी वृद्धि भई रु. १ लाख २५ हजार रुपैया बनाईएको उनले बताए। यसैगरि उपविजेता टिमलाई नगद रु. ६० हजार रुपैयाबाट पुरस्कृत गरिने संयोजक सरोज दर्लामीले बताए । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडी खेलाडीलाई नगद १० हजार, कप तथा उत्कृष्ट गोलकिपर र हाईस्कोररलाई नगद ५–५ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए।टिम दर्ताका लागि २७ गतेसम्म समय रहेको छ। कुल २२ टिम बिच प्रतिस्पर्धा हुने प्रतियोगिता संचालन गर्न करिब १० लाख खर्च हुने अनुमान रहेको उनले बताए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रबक्ता शिव रानाले युवाहरुलाई एकजुट गरि सामाजिक क्षेत्रमा गाईज निरन्तर लागेको बताए । कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार हसन्त लामा, लाफा समुहका अध्यक्ष बबिन थापा, दिनेश थापाले सफलताको शुभकामना दिए ।



    lumbinisanjal   
  • २०८३ श्रावण १६, शनिबार २०:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP