• २०८३ आश्विन १८ | Sun, 04 Oct 2026
  • Dark Mode

          Subscribe

    रूपन्देहीमा २३ लाख मूल्यका आइफोन बरामद

    • lumbinisanjal
    • २०८३ असार १५, सोमबार ०५:५१
    1K
    SHARES
    रूपन्देहीमा २३ लाख मूल्यका आइफोन बरामद

    बुटवल । भारतबाट अवैधरूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा आइफोनहरू बरामद गरेको छ ।

    इलाका प्रहरी कार्यालय बेलहिया रूपन्देहीबाट खटिएको प्रहरी टोलीले गए राती चेकजाँचका क्रममा उक्त मोबाइल र ढुवानीमा प्रयोग गरिएको स्कुटर नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार शनिबार राती रूपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित सानो बालापुरमा उक्त आइफोन बरामदी भएको हो ।

    भारततर्फबाट आउँदै गरेको लु ५३ प ३३९८ नम्बरको स्कुटरलाई शङ्का लागि चेकजाँच गर्दा अवैधरूपमा भन्सार छलेर ल्याइएका महँगा मोबाइल फोनहरू फेला परेको प्रहरीको भनाइ छ ।

    बरामद गरिएका मोबाइलको अनुमानित बजार मूल्य २३ लाख ९० हजार रुपियाँ रहेको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिएका सामानमा दुई थान आइफोन १७, २५ थान आइफोन १३, दुई थान फोर्टिन प्रो र १३ थान आइफोन ११ रहेका छन् ।

    प्रहरीले बरामद गरेका ती अवैध मोबाइल फोन र स्कुटरलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया रूपन्देहीमा पठाएको जनाएको छ ।



    lumbinisanjal   
  • २०८३ असार १५, सोमबार ०५:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP