• २०८३ कार्तिक २९ | Sat, 14 Nov 2026
  • Dark Mode

          Subscribe

    नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा काफ्ले

    • lumbinisanjal
    • २०८३ असार ७, आईतवार ०१:५५
    559
    SHARES
    नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशको अध्यक्षमा काफ्ले

    बुटवल,७ असार । नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशको चौथो अधिवेशन तथा आठौं साधारण सभाले हुमाकान्त काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

    बुटवलमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा हुमाकान्त काफ्ले चयन हुनुभएको हो। त्यसैगरी उपाध्यक्षमा भुवन खत्री, आशा खनाल र सुरजनाथ योगी, सचिवमा रामप्रसाद भट्टराई, सह–सचिवमा जानकी गैरे तथा कोषाध्यक्षमा सूर्य भट्टराई चयन हुनुभएको छ।

    नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा मधुसूदन पाण्डे, पदम सुवेदी, शिवलाल खत्री र रामचन्द्र भुषाल चयन हुनुभएको छ।
    नवनिर्वाचित अध्यक्ष काफ्ले सहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल, प्रभावकारी र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

    पशुपंक्षी औषधी व्यवसायको गुणस्तरीय सेवा विस्तार, व्यवसायीहरूको हकहित संरक्षण तथा क्षेत्रको समग्र विकासमा नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ। 



    lumbinisanjal   
  • २०८३ असार ७, आईतवार ०१:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP