• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    पोखरा युनाईटेडलाई मदन भण्डारी कप यू–१९ को उपाधि

    • lumbinisanjal
    • २०८३ असार २, मंगलवार १४:१६
    962
    SHARES
    पोखरा युनाईटेडलाई मदन भण्डारी कप यू–१९ को उपाधि

    बुटवल , २  असार । मदन भण्डारी कप यू–१९ विद्यालयस्तरिय राष्ट्रिय छात्र भलिबल प्रतियोगिताको उपाधि पोखरा युनाईटेड, कास्कीले चुमेको छ । सोमबार भएको फाईनलमा न्यूटन कलेज काठमाडौंलाई ३–१ सेटले पराजित गर्दै पोखराले उपाधि चुमेको हो ।

    उपाधिसंगै पोखरा नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता न्यूटन भने नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतियोगितामा मणिमुकुन्द कलेज तेस्रो हुदै नगद ३० हजार रुपैया, कप, मेडल तथा न्यू होराईजन स्कुल सान्त्वना स्थान हासिल गर्दै नगद १५ हजार रुपैयाबाट पुरस्कृत भयो ।

    प्रतियोगितामा पोखराका लोपसोन सुनार बेष्ट प्लेयर घोषित हुदै नगद १० हजार रुपैया, कपबाट पुरस्कृत भए । यसैगरि न्यूटनका अभिषेक बिक बेष्ट स्पाईकर, पोखराका दिलिप रेश्मीमगर बेष्ट लिबेरो, न्यूटनका दिप्सन शाही ठकुरी बेष्ट ब्लकर, पोखराका सुप्रिम भुजेल बेष्ट सेटर, मणिमुकुन्दका महेश नेपाली बेष्ट सर्भर, पोखराका निशान नेपाली बेष्ट अपोजित हिटर तथा पोखराका तहलसिह थापा बेष्ट कोच घोषित हुदै जनही नगद ५ हजार रुपैया, कपबाट पुरस्कृत भए ।

    एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, जिल्ला भलिबल संघका अध्यक्ष सुरेन्द्र शाक्य, मणिमुकुन्द कलेजका प्राचार्य टुक बहादुर क्षेत्री,होराइजन स्कुलका प्राचार्य बासुदेव अर्याल,  जनप्रतिनिधि नहकुल शाही, एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले पुरस्कार वितरण गरे ।

     



    lumbinisanjal   
  • २०८३ असार २, मंगलवार १४:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP