• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    परीक्षामा बरामद करोडौंको मोबाइल नष्ट गरेपछि चौतर्फी आलोचना

    • lumbinisanjal
    • २०८३ जेष्ठ २२, शुक्रबार १५:१०
    195
    SHARES
    परीक्षामा बरामद करोडौंको मोबाइल नष्ट गरेपछि चौतर्फी आलोचना

    सिरहा,२२ जेठ । एसइई र कक्षा ११, १२ को परीक्षाहरुमा बरामद गरिएका ७ वटा आइफोनसहित ४९६ थान विभिन्न कम्पनीका मोबाइलहरु सिरहामा नष्ट गरिएपछि चौतर्फी आलोचना सुरु भएको छ । जरिवाना गरेर धनीलाई नै फिर्ता वा लिलामी गर्नुपर्ने कुरा उठेको छ । मोबाइलसहित पाँच वटा स्मार्ट वाच पनि बरामद गरिएको थियो ।

    सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अलग तरिकाले काम भएपछि प्रश्न उठ्न स्वभाविक रहेको बताएका छन् । ‘हामी बच्चालाई बढी ध्यानमा राख्यौ । उनीहरुलाई धेरै ठूलो सजाय दिन चाहेनौँ । परीक्षामा अनियमिता हुन्छ भनेर यो जिल्लाको पहिलेदेखि इतिहास जुन थियो । त्यो सन्दर्भमा हामीले अग्रिम व्यवस्था गर्दा गर्दै चिट चोरी भएको पाइयो,’ उनले भने, ‘परीक्षामा अर्मादित क्रियाकलाप गरे ६ महिनासम्म कैद र एक लाख जरिवाना हुने अभियोग हो । त्यसमा प्रयोग हुने सामग्री स्वतः जफत हुन्छ । जफत भइसकेको सामानहरु लिलाम गर्नुपथ्यो । त्यो सही हो ।’

    व्यक्तिको गोपनियतालाई ध्यान राख्दै बरु राज्यको अलिकति राजश्व नआए पनि व्यक्तिको गोपनियता कायम रहोस् भने प्रयोजनाका लागि नष्ट गरिएको उनको तर्क छ । ‘व्यक्तिको गोपिनयतासँग घनिष्ठ सम्बन्ध राख्ने उपकरण मोबाइल हो । कदाचित अरु व्यक्तिको हातमा पुग्यो भने तिनले ल्याउने दुर्घटना, अभिरुचि ज्यादै हुन्छ भन्ने मनसाय राखेर नष्ट गर्‍यौं,’ उनले भने, ‘यो व्यक्तिको हितमा गरिएको निर्णय हो ।’ परीक्षा बोर्डको निर्देशन र प्रदेश समितिको निर्देशनलाई कानूनी आधारमा नष्ट गर्ने निर्णय लिएको सुनाए ।

    जिल्ला परीक्षा समन्वय समिति सिरहाले उपसमिति गठन गरी बरामद गरिएका मोबाइल नष्ट गर्न निर्देशन दिएको थियो । शिक्षा विकास तथा समन्वय समितिका शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालयका कर्मचारीसहितको पाँच सदस्यीय समिति बनाइएको थियो ।

    सो समितिले जिल्ला प्रहरी कार्यालयमा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट बरामद गरिएका मोबाइल पानीमा राखेर नष्ट गरेको उपसमिति संयोजक राजदेव यादवले बताए । २४ घण्टा पानीमा मोबाइलहरू राखिएको र २४ घण्टापछि फुटाउने निर्णय भएको उनले बताए । मधेश प्रदेशमा पहिलोपटक ठुलो परिमाणमा विद्यार्थीसँग बरामद गरिएका मोबाइल नष्ट गरिएको हो । सो मोबाइलको बजार मूल्य एक करोडभन्दा बढी रहेको छ ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ २२, शुक्रबार १५:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP