• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    तिनाउको ड्यामसाइडमा डुबेका भारतीय युवक मृत फेला

    • lumbinisanjal
    • २०८३ जेष्ठ ८, शुक्रबार १३:५२
    325
    SHARES
    तिनाउको ड्यामसाइडमा डुबेका भारतीय युवक मृत फेला

    पाल्पा ,८ जेठ । पाल्पाको तिनाउ गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक भारतीय युवक मृत अवस्थामा फेला परेका छन्। भारत उत्तर प्रदेश, सिद्धार्थनगर जिल्ला नौगढ गाउँ जगदिसपुर बस्ने २२ वर्षीय सौरभ रस्तोगी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    आफ्ना साथीहरूसँग घुम्न आएका उनी बुधबार बेलुका अन्दाजी साढे ६ बजेको समयमा पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तिनाउखोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटना लगत्तै खोजि कार्यमा जुटेको प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले आज बिहान मात्र रस्तोगीलाई मृत अवस्थामा फेला पारेको थियो ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले आज बिहान घटनास्थलभन्दा अन्दाजी ५० मिटर तल तिनाउ नदीमा ढुङ्गाको खोँचमा अड्किएको अवस्थामा रस्तोगीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८३ जेष्ठ ८, शुक्रबार १३:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP