• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    नेपाली सेनाको उपरथीमा गुल्मीका कृष्ण जिसी

    • lumbinisanjal
    • २०८१ फाल्गुन १३, मंगलवार १३:२०
    6.7K
    SHARES
    नेपाली सेनाको उपरथीमा गुल्मीका कृष्ण जिसी

    काठमाडौं , १३ फाल्गुन । नेपाली सेनाका सहायकरथी कृष्ण जिसी उपरथीमा बढुवा भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले जिसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

    जिसीलाई मध्यपूर्वी पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषदको बैठकले सेनाका अर्का उपरथी प्रेमध्वज अधिकारीको पदावधि थप गरेको छ ।

    उपरथी अधिकारीलाई सरकारले रथीमा यसअघि नै स्थानीय बढुवा गरिसकेको छ । उनले संयुक्त राष्ट्रसंघको सैनिक सल्लाहकारमा आवेदन दिएका छन् ।

    प्रधानसेनापति अशोकराज सिग्देलको सिफारिसमा अधिकारीको पदावधि ६ महिनाका लागि थप भएको हो ।

    गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थलमा जन्मिएका कुशल राष्ट्रसेवक जिसी समाजसेवी बास बहादुर जिसीका सुपुत्र हुन् । उनले स्वर्गीय बुवाको सम्झनामा `महान् देश भक्त समाजसेवी , संस्मरण संघालो´ पुस्तक समेत बिमोचन गरिसकेका छन् ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १३, मंगलवार १३:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP