• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपाल शैक्षिक परामर्श संघ (ECAN) रुपन्देही र Hotel Palm International बीच छुट सुविधा सम्बन्धी सम्झौता

    • lumbinisanjal
    • २०८३ बैशाख २९, मंगलवार १४:५२
    559
    SHARES
    नेपाल शैक्षिक परामर्श संघ (ECAN) रुपन्देही र Hotel Palm International बीच छुट सुविधा सम्बन्धी सम्झौता

    बुटवल ,२९ वैशाख । नेपाल शैक्षिक परामर्श संघ (ECAN) रुपन्देही र Hotel Palm International बुटवलबीच विशेष छुट सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
    सम्झौताअनुसार ईक्यानसँग आबद्ध सदस्य, कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूले होटलका विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्नेछन् ।

    सम्झौता कार्यक्रममा बोल्दै ईक्यान रुपन्देहीका अध्यक्ष गोविन्द वस्नेतले आगामी दिनमा पनि सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताए । उनले यस्ता सहकार्यले शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे ।

    होटल पाम इन्टरनेशनल बुटवलका सञ्चालक सुरज खरेलले दुवै पक्षबीच भएको सहमतिले शैक्षिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूलाई सहज तथा गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने बताए ।
    कार्यक्रममा ईक्यान रुपन्देहीका उपाध्यक्ष दिपेश अर्याल, सचिव उपेन्द्र यादव, कोषाध्यक्ष राम खरेल, कार्यसमिति सदस्यहरू किरण राना, राम खड्का, शिव पौडेल, जीडी सिखर धिताल, वासु न्यौपाने, कमल भुसाललगायतको उपस्थिति रहेको थियो ।
    यस सहमतिसँगै ईक्यानका सदस्यहरूले होटलका सेवा उपयोग गर्दा विशेष सहुलियत प्राप्त गर्ने भएका छन् ।



    lumbinisanjal   
  • २०८३ बैशाख २९, मंगलवार १४:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP