• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    • lumbinisanjal
    • २०८१ फाल्गुन १२, सोमबार १६:२५
    2.8K
    SHARES
    बागलुङमा जिप दुर्घटना, दुई जनाको मृत्यु

    बागलुङ,१२ फागुन  । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका –९ दर्लिङमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका जिल्लाको निसीखोला गाउँपालिका –७ चोलाङका ७५ वर्षिय खड्कबहादुर कुँवर र ढोरपाटन नगरपालिका –५ नाथुरे बस्ने ३५ वर्षिया जुना कँडेलको मृत्यु भएको हो ।

    बडिगाड गाउँपालिका ७ भिमगिठेबाट ग्रामीण सडक हुँदै खहरेतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको पिकअप जिप सोमबार साँझ सार्कीपाटा घुम्तीमा दुर्घटना भएको हो । बे्रक फेल भई दुर्घटनामा परेको जिप सडकबाट झण्डै ६० मिटर तल खसेको प्रनाउ यादवले बताउनुभयो । घटनामा घाइते अन्य चार जनाको बुर्तिबाङमै उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परी बडिगाड ९ बस्ने ६३ वर्षिया तेजकुमारी बुढाको अवस्था गंभीर रहेको छ । घाइतेको थप उपचारको लागि बुर्तिवाङ अस्प्तालले पोखरा रिफर गरिएको यादवको भनाइ छ । बुढाको टाउको र शरीरको भित्री भागमा चोट लागेको छ ।

    यस्तै, बडिगाड ९ कै ५० वर्षिय निमसरा बुढा, ५२ वर्षिय यमकुमारी पौडेल, ३० वर्षिय सिता पौडेल, ६ वर्षिया पुर्णिमा पौडेल र ३ वर्षिया अंशु पौडेल घाइते हुनुभएको छ । घाइतेहरुको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी नायव निरीक्षक खगेश्वर अर्याल नेतृत्वको प्रहरी टोली र गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, वडाध्यक्ष र स्थानीयबासी उद्धार कार्यमा खटिएका थिए । दुर्घटनामा परी सामान्य अवस्थामा रहेका सवारी चालक बडिगाड गाउँपालिका ९ कै २३ वर्षिय हिमाल घर्ति मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



    lumbinisanjal   
  • २०८१ फाल्गुन १२, सोमबार १६:२५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP