• २०८३ कार्तिक २७ | Thu, 12 Nov 2026
  • Dark Mode

          Subscribe

    बुटवलमा वेस्टर्न मेगा कलेजले सुरु गर्‍यो ४ वर्षे ‘विआईटी’ कार्यक्रम

    • lumbinisanjal
    • २०८३ बैशाख २३, बुधबार १७:१६
    1.6K
    SHARES
    बुटवलमा वेस्टर्न मेगा कलेजले सुरु गर्‍यो ४ वर्षे ‘विआईटी’ कार्यक्रम

    बुटवल, २३ वैशाख । बुटवलको ढवाहस्थित वेस्टर्न मेगा कलेजले ब्याचलर अफ इन्फरमेशन टेक्नोलोजी (विआईटी) कार्यक्रम थप गरेको छ। यसअघि बीएचएम र एमबीए अध्ययन गराउँदै आएको कलेजले नयाँ शैक्षिक सत्रदेखि ४ वर्षे विआईटी कोर्स सञ्चालनमा ल्याएको जानकारी पत्रकार सम्मेलनमार्फत दिएको हो।

    सेमेस्टर प्रणालीमा आधारित उक्त कार्यक्रममा कक्षा १२ उत्तीर्ण व्यवस्थापन, विज्ञान, शिक्षा तथा कानुन संकायका विद्यार्थीहरूले अध्ययन गर्न सक्ने प्राचार्य किसु शर्माले जानकारी दिए। उनका अनुसार विआईटी अध्ययनका लागि करिब ७ लाख ५० हजार रुपैयाँ खर्च लाग्नेछ। साथै, खाना सुविधाका लागि थप १ लाख ६६ हजार रुपैयाँ लाग्ने बताइएको छ।

    अध्ययन प्रक्रिया ट्युटोरियल, लेक्चर र एचटीडब्लु (वर्कशप) विधिअनुसार सञ्चालन गरिने र भर्ना फारम वितरण वैशाख २७ गतेदेखि सुरु हुने प्राचार्य शर्माले बताए।

    कलेजले बीएचएम र एमबीए कार्यक्रमका लागि पनि नयाँ भर्ना खुला गरेको छ। बीएचएम अध्ययनका लागि ८ लाख ९२ हजार ५०० रुपैयाँ खर्च लाग्ने जनाइएको छ। उक्त कार्यक्रमअन्तर्गत एक पटक अन्तर्राष्ट्रिय भ्रमण, विभिन्न होमस्टे भ्रमण तथा जापानी र चिनियाँ भाषा प्रशिक्षण समेत प्रदान गरिनेछ।

    त्यसैगरी, एमबीए कार्यक्रममा जुनसुकै संकायबाट स्नातक उत्तीर्ण गरेका विद्यार्थीहरूले अध्ययन गर्न पाउनेछन्। दुई वर्षे उक्त कार्यक्रमका लागि ४ लाख ६५ हजार रुपैयाँ खर्च लाग्ने कलेजले जनाएको छ।

    कलेजले नयाँ शैक्षिक सत्र २०८३ का लागि विभिन्न अतिरिक्त क्रियाकलापहरू समेत सार्वजनिक गरेको छ। जेठ १५ देखि असार १५ सम्म ३० दिने निःशुल्क होटल व्यवस्थापन तालिम सञ्चालन गरिनेछ।

    यस्तै, साउन महिनामा ‘डब्लुएमसी जेआर मास्टर सेफ २०२६’ प्रतियोगिता आयोजना गरिनेछ, जसमा प्रथम हुनेलाई २५ हजार र द्वितीय हुनेलाई १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

    इन्फरमेशन टेक्नोलोजीसम्बन्धी १ दिने गोष्ठी तथा २ दिने ‘डब्लुएमसी ह्याकाथन’ समेत साउनमा आयोजना गर्ने तयारी कलेजले गरेको छ। ह्याकाथनमा पनि प्रथमलाई २५ हजार र द्वितीयलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
    कलेजका अध्यक्ष मेघराज पन्थले कलेजले व्यवहारिक तथा रोजगारमुखी शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै यहाँ अध्ययन गरेका विद्यार्थीहरू बेरोजगार भएर बस्नु नपर्ने दाबी गरे।



    lumbinisanjal   
  • २०८३ बैशाख २३, बुधबार १७:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP