• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा कमला पन्त चयन

    • lumbinisanjal
    • २०८३ बैशाख १६, बुधबार १३:०७
    338
    SHARES
    राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा कमला पन्त चयन

    बुटवल ,१६ वैशाख । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा कमला पन्त चयन भएकी छन्।

    बुधबार कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पन्तलाई राष्ट्रिय सभा संसदीय दलको नेता चयन गरेका हुन्। यसअघि राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतामा कृष्ण सिटौला रहेका थिए। आङदेम्बेले सिटौलालाई हटाएर पन्तलाई नेता चयन गरेका हुन्।

    कांग्रेसमा संसदीय दलका नेताले राष्ट्रिय सभा संसदीय दलको नेता चयन गर्ने व्यवस्था रहेको छ। यसअघि सिटौलालाई तत्कालीन संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रिय सभामा संसदीय दलको नेता चयन गरेका थिए।



    lumbinisanjal   
  • २०८३ बैशाख १६, बुधबार १३:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP