• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    हुक्का/भेप बिक्री–सेवनमा रोक: तिलोत्तमा नगरपालिकाको कडाइ, उल्लंघन गरे कारबाही हुने

    • lumbinisanjal
    • २०८३ बैशाख १५, मंगलवार १७:१४
    468
    SHARES
    हुक्का/भेप बिक्री–सेवनमा रोक: तिलोत्तमा नगरपालिकाको कडाइ, उल्लंघन गरे कारबाही हुने

    बुटवल, १५ वैशाख । तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रभित्र हुक्का तथा भेप (ई–सिगरेट) को बिक्री वितरण र सेवनमा पूर्ण रूपमा रोक लगाएको छ। नगर प्रमुख रामकृष्ण खाणको हस्ताक्षर सहित जारी सूचनामा बालबालिका तथा किशोर–किशोरीको स्वास्थ्य र समग्र सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै यस्तो निर्णय गरिएको उल्लेख छ।

    नगरपालिकाका अनुसार होटल, रेष्टुरेन्ट, चिया तथा कफी हाउस लगायतका स्थानमा खुल्ला रूपमा हुक्का/भेप प्रयोग भइरहेको र यसले किशोरहरूमा दुव्र्यसन बढाउने खतरा देखिएको छ। विशेषगरी विद्यालय पोशाकमै विद्यार्थीहरू यस्ता गतिविधिमा संलग्न भएको पाइएकाले नियन्त्रण आवश्यक भएको जनाइएको छ।

    अब १८ वर्षमुनिका बालबालिकालाई हुक्का/भेप बिक्री, वितरण तथा सेवन गराउन नपाइने स्पष्ट गरिएको छ। यदि कसैले यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ। यो निर्णय नगर कार्यपालिकाको बैठक (२०८३ वैशाख १०) को निर्णय अनुसार लागू गरिएको हो।



    lumbinisanjal   
  • २०८३ बैशाख १५, मंगलवार १७:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP