• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सफल मार्टको पाचौँ शाखा बुटवल मण्डीमा

    • lumbinisanjal
    • २०८२ आश्विन ६, सोमबार १४:२२
    18.1K
    SHARES
    सफल मार्टको पाचौँ शाखा बुटवल मण्डीमा

    स्थानीय बजारमा रोजगारी र सुविधा थपिने । 

    बुटवल, ६ असोज । सफल मार्ट प्रालिले आफ्नो पाँचौँ शाखा बुटवल कालिकानगरस्थित बुटवल मण्डी प्रालिमा सोमबार एक विशेष समारोहका बीच उद्घाटन गरेको छ।

    कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले सफल मार्टले स्थानीय स्तरमा रोजगारी सिर्जना र आधुनिक सेवाबाट ग्राहकलाई लाभ पुर्‍याउने अपेक्षा व्यक्त गर्दै “यस्ता व्यवस्थित व्यवसायिक पहलहरूले नगरको आर्थिक विकासमा नयाँ ऊर्जा थप्ने आशा राख्नुभयो ” ।

    विशेष अतिथी बुटवल मण्डी प्रालिका अध्यक्ष प्रसन्न कोइरालाले सफल मार्टको नयाँ शाखा उद्घाटन बुटवल मण्डीको लागि गर्वको विषय भएको उल्लेख गर्दै “यो बजारलाई अझ व्यवस्थित र ग्राहकमैत्री बनाउने दिशामा सफल मार्टले नयाँ पहिचान दिनेछ” भन्नेमा आफू बिस्वस्त रहेको बताउनुभयो ।

    कार्यक्रममा कलाकार बिष्णु जी पाण्डे (माइलाबा) लगायत विभिन्न क्षेत्रका व्यक्तित्व, समाजसेवी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

    सफल मार्टका अध्यक्ष लक्ष्मण भण्डारीले काठमाडौंको बानेश्वर, कोटेश्वर, वीरन्द्रचोक, चितवनपछि बुटवलमा पाँचौँ शाखा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। उहाँले दशैंलाई लक्षित गर्दै विभिन्न छुट तथा अफरहरु समेत सार्वजनिक गरिएको पनि बताउनुभयो।

     

     



    lumbinisanjal   
  • २०८२ आश्विन ६, सोमबार १४:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP