• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    रास्वपा सचिवालय सदस्यमा सरिता र सागर चयन

    • lumbinisanjal
    • २०८३ बैशाख ७, सोमबार १८:०६
    806
    SHARES
    रास्वपा सचिवालय सदस्यमा सरिता र सागर चयन

    बुटवल ,७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरिताश्री ज्ञवाली र सागर ढकाललाई सचिवालय सदस्य चयन भएका छन्।

    सोमबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले ज्ञवाली र ढकाललाई सचिवालय सदस्य बनाएको हो। उनीहरूलाई सचिवालय सदस्य बनाउने प्रस्ताव केन्द्रीय समिति बैठकले पारित गरेको प्रवक्ता मनिष झाले बताए।

    त्यस्तै, रास्वपा केन्द्रीय सल्लाहकार परिषद्मा चार सदस्य मनोनित भएका छन्। केन्द्रीय समिति बैठकले काभ्रेकी जीवन प्रभा लामा, नवलपरासी (पूर्व)का मोतीप्रसाद पंगाली, भक्तपुरका हरिप्रसाद पाण्डे र कपिलवस्तुका बिष्णुहरी शर्मालाई सल्लाहकार परिषद् सदस्य मनोनित गरेको हो।

    यस्तै, रास्वपा केन्द्रीय समिति बैठकले लेबीसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ। बैठकले मन्त्रीले १८ हजार, सांसदले १५ हजार स्वकीय सचिवले दुई हजार रुपैयाँ लेबी बुझाउनुपर्ने निर्णय गरेको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख ७, सोमबार १८:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP