• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

    • lumbinisanjal
    • २०८३ बैशाख ४, शुक्रबार २३:४०
    1.2K
    SHARES
    अब कांग्रेस एक बनाउने जिम्मा गगन थापाको : प्रकाशशरण महत

    काठमाडौं ,०४ बैशाख । नेपाली कांग्रेसको आधिकारिकता विवादबारे रिटमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वलाई आधिकारिकता दिएपछि तत्कालीन प्रवक्ता डा प्रकाशशरण महतले अपेक्षित निर्णय नआएको बताएका छन् ।

    सर्वोच्चको फैसलालगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै उनले राजनीतिक रुपमा पार्टीलाई एक बनाएर लैजाने जिम्मा अब गगन थापाको भएको बताएका हुन् ।

    ‘अब राजनीतिक रुपमा नेपाली कांग्रेस पार्टी कसरी जान्छ भन्ने कुरामा अहिले पनि प्रश्नवाचक छ । चुनौतीपूर्ण घडी देशमा छ, कांग्रेस यो अवस्थामा छ । त्यसकारण यो सबैलाई के गरेर लैजाने भन्ने महत्त्वपूर्ण कुरा छ,’ उनले भने, ‘१५औं महाधिवेशन सबैलाई मान्य हुने गरेर समझदारी साझा सुत्र अगाडि सारेर अधिवेशन तयारी समिति सबैको समझदारीमा हुन सक्यो भने पार्टी एक हुन सक्छ । त्यसको पहल गर्ने जिम्मेवारी उहाँहरूको हो आधिकारिकता उहाँहरूलाई नै दिइसकेपछि । त्यो अवस्थामा एकीकृत बनाएर लैजाने कसरी, अगाडि कसरी बढाएर लैजाने भन्ने कुरा मुख्य हो । अब यो मिलाउने जिम्मेवारी गगनजीको हो ।’



    lumbinisanjal   
  • २०८३ बैशाख ४, शुक्रबार २३:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP