• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    प्रशिक्षणमार्फत कार्यकर्ता सक्रिय बनाउँदै रास्वपा : धुर्कोटमा प्रशिक्षण सम्पन्न

    • lumbinisanjal
    • २०८३ बैशाख ४, शुक्रबार १०:२२
    4K
    SHARES
    प्रशिक्षणमार्फत कार्यकर्ता सक्रिय बनाउँदै रास्वपा : धुर्कोटमा प्रशिक्षण सम्पन्न

    गुल्मी,०४ बैसाख ।  धुर्कोट गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिको रूपमा उदाउँदै गएको रास्वपाले संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिमा केन्द्रित गर्दै कार्यक्रम आयोजना गरेको हो।

    कार्यक्रममा जिल्ला सभापति भोजराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै सचिव निशेष श्रेष्ठ, कोषाध्यक्ष तुलसा खनाल पोख्रेल लगायतका पदाधिकारी तथा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो।

    यसैगरी धुर्कोट–रुपन्देही सम्पर्क विभागका संयोजक राजेन्द्र पोखरेल तथा गुल्मी सम्पर्क विभागका सदस्य मनु गिरीको समेत सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा प्रत्येक वडाका सभापति तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

    प्रशिक्षण कार्यक्रममा पार्टीको वर्तमान राजनीतिक अवस्था, जनअपेक्षा अनुसारको कार्यशैली, सुशासन, पारदर्शिता र संगठन विस्तारका विषयमा विशेष जोड दिइएको थियो।

    प्रमुख प्रशिक्षक भोजराज पाण्डे तथा प्रशिक्षक निशेष श्रेष्ठले कार्यकर्तालाई पार्टीको नीति, सिद्धान्त र आगामी रणनीतिबारे प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको सञ्चालन तुलसा खनाल पोख्रेलले गर्नुभएको थियो। स्थानीय तहसम्म पार्टीको प्रभाव विस्तार गर्ने लक्ष्यसहित आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।



    lumbinisanjal   
  • २०८३ बैशाख ४, शुक्रबार १०:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP