• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

    • lumbinisanjal
    • २०८२ असार ३, मंगलवार २३:३३
    3K
    SHARES
    नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

    बुटवल ,०४ असार । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा नेपालले घरेलु टोलीलाई दुई विकेटले हराएको छ ।

    दुबै इनिङमा दुबै टोलीका बलर हावी खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको हो ।

    नेपाललाई जीत दिलाउन बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । अराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिए ।

    ब्याटिङतर्फ कुशल भुर्तेलले सर्वाधिक ३०, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोडे ।

    ग्लास्गोमा टस जितेर पहिलो इनिङ बलिङ रोजेको नेपालका बलर लगातार हावी भएपछि स्कटल्याण्ड ९७ रनमै समेटिएको थियो ।

    हिजो (सोमबार) भएको सनसनीपूर्ण खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपरओभरमा पराजित भएको नेपालले आजको जितसँगै दुई अङ्क जोडेको छ । एक/एक खेल जितेका स्कटल्याण्ड र नेदरल्याण्डले पनि समान दुई/दुई अङ्क जोडेका छन्‌ ।

    त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल पर्सी (बिहीबार) बेलुकी ७ः४५ मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।



    lumbinisanjal   
  • २०८२ असार ३, मंगलवार २३:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP