• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    यु-१३ बिसिए प्रिमियर लिग : कुशल थापाको अर्धशतकमा च्यालेन्जर्सको ह्याट्रीक

    • lumbinisanjal
    • २०८२ बैशाख ५, शुक्रबार १३:५६
    9.8K
    SHARES
    यु-१३ बिसिए प्रिमियर लिग : कुशल थापाको अर्धशतकमा च्यालेन्जर्सको ह्याट्रीक

    बुटवल , ५ बैशाख । बुटवल क्रिकेट एकेडेमीको आयोजनामा तिलोत्तमा-९ स्थित ज्योतिनगर कृकेट मैदानमा जारी यु-१३ बिसिए प्रिमिएर लिगको तेस्रो खेलमा पनि बिसिए च्यालेन्जर्सले लगातार तेस्रो जित निकालेको छ ।

    आज सञ्चालित तेस्रो खेलमा च्यालेन्जर्सले वारियर्सलाई ५२ रनले पराजित गरेको हो । बिहान ७:५० बजेबाट सुरु भएको खेलमा टस जितेर बिसिए च्यालेन्जर्सका कप्तान अनमोल बाबु भण्डारीले ब्याटिङ गर्ने निर्णय लिएका थिए।

    पहिलो इनिङमा च्यालेन्जर्सका ओपनरद्व्य संस्कार खत्री र निरज ज्ञवालीले उत्कृष्ट साझेदारी गर्दै सुरुवात राम्रो गरेका थिए । २ चौका र २ छक्का प्रहार गरि राम्रो लयमा देखिएका च्यालेन्जर्सका ब्याट्सम्यान संस्कार खत्री वारियर्सका बलर अनुस्का खत्रीको बलमा आउट भएसंगै मैदान प्रवेश गरेका च्यालेन्जर्सका मार्की खेलाडी कुशल थापाले ३ छक्का र ४ चौकाको मद्दतमा अविजित रहंदै ५१ रनको अर्धशतक पारी खेले ।

    उनलाई अन्तिमसम्म टिम कप्तान अनमोलले साथ दिदैं उनीपनि अविजित रहे । वारियर्सका बलर विनायक खनालले ३ र अनुस्का खत्रीले २ विकेट लिन सफल भए।

    ५ विकेटको क्षतीमा १३० रन बनाएको च्यालेन्जर्सले उत्कृष्ट बलिङ गर्दै वारियर्सलाई १६ ओभरमा अल आउट गर्दै जम्मा ७८ रनमा समेटेको थियो। बलिङ तर्फ च्यालेन्जर्सका खेलाडीहरु सिजन खड्काले ३, निरज ज्ञवालीले २ र कप्तान अनमोल बाबू भण्डारी, कुशल थापा, देव अर्याल, शुभम अर्याल र आयान पाण्डेले समान १-१ विकेट लिए।

    कुल पाँच खेल खेलाईने लिगमा २ खेल अगावै नै च्यालेन्जर्सले बिसिए प्रिमिएर लिगको पहिलो सिजनको ट्रफी उचाल्ने निश्चित भएको छ।

    कुल ३५ जना खेलाडी सम्मिलित लिगमा तेस्रो खेलसम्म प्लेयिङ-११ मा नपरेका र यस अघिका खेलमा पर्याप्त अवसर नपाएका खेलाडीहरुलाई समेत अवसर दिने गरि आज थप एक र भोलि लिगको अन्तिम तथा ५ औं खेल सञ्चालन गरिने एकेडेमीका प्रमुख प्रशिक्षक घनश्याम थारुले जानकारी दिए ।



    lumbinisanjal   
  • २०८२ बैशाख ५, शुक्रबार १३:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP