• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026
  • Dark Mode

          Subscribe

    छठ पर्व आजदेखि विधिवत रुपमा सुरु

    • lumbinisanjal
    • २०८२ कार्तिक ८, शनिबार १०:४५
    2.2K
    SHARES
    छठ पर्व आजदेखि विधिवत रुपमा सुरु

    आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आजदेखि विधिवत सुरु भएको छ ।

    चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको आज पहिलो दिन ‘नहाय–खाय’ विधि गरिन्छ । आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ ।

    त्यस्तै भोली दोस्रो दिन खरना गरिनेछ । भोलि साँझ ब्रतालुहरूले चामल, सक्खर र दूधबाट खीर बनाएर प्रसादस्वरूप ग्रहण गरी खरना विधि गर्ने गरिन्छ । तेस्रो दिन सोमबार छठको मुख्य दिन सौझका अर्घ रहेको छ ।

    यस दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अघ्र्य दिने चलन छ ।

    अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । अन्तिम दिनलाई ‘पारन’ भनिन्छ ।



    lumbinisanjal   
  • २०८२ कार्तिक ८, शनिबार १०:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP