• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    ॐ पाथिभरादेवीको दर्शन गर्दै हेर्नुहोस् चैत्र १६ गते शनिबारको राशिफल

    • lumbinisanjal
    • २०८१ चैत्र १६, शनिबार ०१:४३
    2.5K
    SHARES
    ॐ पाथिभरादेवीको दर्शन गर्दै हेर्नुहोस् चैत्र १६ गते शनिबारको राशिफल

    मेष: दिन शुभ फलदायक देखिँदैन । नोक्सानी, चोटपटक, विवाद, असफलता हुन सक्छ ।

    वृष: थोरै प्रयासबाट पनि द्रव्य लाभ, विविध प्राप्ति, उत्तम भोजन, पारिवारिक सुख होला ।

    मिथुन: शुभ समयको आगमनले सुख–सन्तोष, कार्य सफल, शारीरिक स्वस्थता होला ।

    कर्कट: राज्य सञ्चालकबाट डर, इज्जत–प्रतिष्ठामा धक्का लाग्ने हुँदा सजग रहनुहोला ।

    सिंह: दिन त्यति राम्रो देखिँदैन । रोगव्याधिको भय, आर्थिक नोक्सानी, काममा बाधा हुन सक्छ ।

    कन्या: शुभ समयको आगमनले धन आर्जन, अधुरा कार्य पूरा, समस्या समाधान हुने देखिन्छ ।

    तुला: समय बलवान् छ । द्रव्य लाभ, शत्रु विजय, पढाइमा तेज, गौरवको अनुभूति हुन सक्छ ।

    वृश्चिक: सजगता अपनाउनुहोला । वायुजन्य रोगको भय, कार्य अधुरो, शोक–सन्ताप हुने देखिन्छ ।

    धनु: लामो यात्रामा नजानु नै उत्तम हुन्छ । पेट गडबड, दौडधूप, विवाद नहोला भन्न सकिन्न ।

    मकर: शुभ समयको आगमन भएको छ । लाभ, सम्मान, जागिर–व्यापारमा सफलता होला ।

    कुम्भ: समय अनुकूल नहुँदा धन नाश, मानसिक चञ्चलता, खर्च, आँखामा समस्या आउन सक्छ ।

    मीन: समय उपयुक्त छ । खाद्यान्न, उपहारादि वस्तु प्राप्ति, भाग्योदय, कार्य सफल हुने देखिन्छ ।



    lumbinisanjal   
  • २०८१ चैत्र १६, शनिबार ०१:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP