• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    माओवादीको केन्द्रीय समिति बैठक आज सक्ने तयारी

    • lumbinisanjal
    • २०८२ आश्विन १०, शुक्रबार १०:२०
    1.7K
    SHARES
    माओवादीको केन्द्रीय समिति बैठक आज सक्ने तयारी

    काठमाडौं , १० असोज । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा बिहीबारबाट सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले पेस गरेको प्रस्तावमाथि समूहगत रूपमा छलफल भइरहेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    बैठकमा विभिन्न १० वटा प्रदेश समितिमा छलफल भइरहेको छ । उनले भने, “बिहीबार प्रदेशगत छलफल भयो । शुक्रबार बिहान ११ बजे फेरि बैठक बस्नेछ । सम्भवतः शुक्रबार नै बैठक सकिन्छ होला ।” पार्टी अध्यक्ष प्रचण्डको प्रस्तावमाथि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उपमहासचिव शर्माले असहमति जनाएका छन् ।

    श्रेष्ठले निर्वाचनपछि महाधिवशेन गर्ने प्रस्ताव अघि सारेका छन् । शर्माले अध्यक्षसहित सबै पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । प्रचण्डले भने मंसिर अन्तिम सातातिर महाधिवेशन गर्ने र पार्टी केन्द्रीय समिति भंग गरेर महाधिवेशन मूल आयोजक समिति गठन गर्ने प्रस्ताव गरेका छन् । उनले महाधिवशेन आयोजक समितिको संयोजक आफैँ बस्ने प्रस्तावमा भनेका छन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उपमहासचिव शर्माको प्रस्तावमाथि छलफल गरेर शुक्रबार बस्ने बैठकमा धारणा प्रस्तुत गर्ने सापकोटाले बताए ।



    lumbinisanjal   
  • २०८२ आश्विन १०, शुक्रबार १०:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP