• २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • Dark Mode

          Subscribe

    नेता भावुक माथी सांघातिक आक्रमण , दोषीमाथि कारबाही गर्न केन्द्रको अनुरोध

    • lumbinisanjal
    • २०८१ चैत्र १३, बुधबार ०९:१७
    6.3K
    SHARES
    नेता भावुक माथी सांघातिक आक्रमण , दोषीमाथि कारबाही गर्न केन्द्रको अनुरोध

    बुटवल, १३ चैत । नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रले बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियु समूहका केही कार्यकर्ताहरुले नेता नारायण घिमिरे “भावुक “माथि सांघातिक हमला गरेको घटनाको घोर निन्दा गरेको छ।

    नेविसंघका अनुसार, ११ चैतमा स्ववियु निर्वाचनको सन्दर्भमा राज्य टेलिभिजनमा दिएको अन्तर्वार्ताको कारण घिमिरेमाथि आक्रमण गरिएको हो। यस घटनाले वाक स्वतन्त्रता माथि प्रहार गरेको भन्दै नेविसंघले शैक्षिक परिसरहरूमा बाहुबलको प्रयोग अस्वीकार्य रहेको स्पष्ट पारेको छ।

    नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरीत विज्ञप्ति जारी भएको छ । विज्ञप्तिमा शैक्षिक परिसरमा हिंसात्मक गतिविधि बन्द गरी दोषीमाथि कडा कारबाही गर्न अनुरोध समेत गरिएको छ ।

    विज्ञप्तिमा बुटवल बहुमुखी क्याम्पसमा २०८१ साल चैत्र १२ गते नेपाल विद्यार्थी संघका नेता नारायण घिमिरे माथि योजनाबद्ध रुपमा अनेरास्ववियुको खोल ओढेका अराजक समूहद्वारा भएको हिंसात्मक आक्रमण प्रति नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको कुरा उल्लेख छ ।

    चैत्र ११ गते स्ववियु निर्वाचनका सन्दर्भमा नेता नारायण घिमिरेले राज्य टेलिभिजनमा प्रसारित अन्तर्वार्तालाई कारण देखाई गरिएको यो आक्रमण वाक स्वतन्त्रता र प्रजातान्त्रिक मूल्य मान्यतामाथिको प्रहार रहेको थहर गरिएको छ ।

    शैक्षिक परिसरमा विचारको प्रतिस्पर्धा हुनुपर्छ, तर हिंसा कदापि स्वीकार्य हुँदैन। ‘विश्वविद्यालय बाहुबलको प्रयोग गर्ने थलो होइन, यो त विचार र सिर्जनाको द्वन्द्वात्मक भूमि हो” भन्ने बीपी कोइरालाको भनाइ प्रति नेपाल विद्यार्थी संघ पूर्ण रूपमा प्रतिवद्ध रहेको कुरा उल्लेख छ ।

    नेविसंघ केन्द्रले घिमिरे माथी सांघातिक हमला भएपछी गृह प्रशासन, क्याम्पस प्रशासन र सम्बन्धित निकायसँग दोषी पहिचान गरी अविलम्ब कानुनी दायरामा ल्याउन जोडदार माग गरेको छ । साथै, आगामी दिनमा यस्ता घटनाहरू नदोहोर्‍याउन आह्वान समेत गरेको छ ।

    यसो त नेवी संघ रुपन्देहीका जिल्ला अध्यक्ष सन्दिप पाण्डेले एक विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संघ सबै लोकतान्त्रिक विद्यार्थी संगठनहरू, मानवअधिकारकर्मी, बौद्धिक वर्ग तथा नागरिक समाजलाई शैक्षिक स्वतन्त्रता र विद्यार्थीको सुरक्षाका लागि ऐक्यबद्धता जनाउन आह्वान गरेका छन् ।

    जिल्ला अध्यक्ष पाण्डेले विद्यार्थी नेताको नाममा अनेक दादागिरी गर्ने र क्याम्पसमा दुर्गन्ध पैदा गर्ने शुभेच्छुक संगठनलाई स्वच्छ प्रतिस्पर्धा गर्न आग्रह गरेका हुन् । उनले बुटवल क्याम्पसमा नेविसंघको संगठन पल्लाभारी हुने डरले अन्य संगठन आत्तिएको बताएका छन् ।

    हेर्नुहोस केन्द्रीय अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्ति :



    lumbinisanjal   
  • २०८१ चैत्र १३, बुधबार ०९:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP