• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026
  • Dark Mode

          Subscribe

    विश्व मुख स्वास्थ्य दिवसमा बुटवलमा बहुआयामिक कार्यक्रम : रक्तदानदेखि निःशुल्क दन्त शिविरसम्म

    • lumbinisanjal
    • २०८२ चैत्र ६, शुक्रबार १६:५५
    5.8K
    SHARES
    विश्व मुख स्वास्थ्य दिवसमा बुटवलमा बहुआयामिक कार्यक्रम : रक्तदानदेखि निःशुल्क दन्त शिविरसम्म

    बुटवल, ६ चैत । विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर बुटवलमा विभिन्न जनस्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएका छन्। नेपाल डेण्टल एसोसिएसन रुपन्देही शाखाले रक्तदान, निःशुल्क दन्त शिविर तथा आवश्यक सामग्री वितरण जस्ता कार्यक्रम गर्दै दिवस मनाएको हो।

    एसोसिएसनले नेपाल स्वयंसेवी रक्तदाता समाज सँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

    यसैगरी, बुटवल–११ स्थित देवीनगरमा रहेको नेपाल अपाङ आश्रम मा मुख स्वास्थ्य शिक्षा, निःशुल्क दन्त परीक्षण, दन्त स्वास्थ्य सामग्री तथा खाद्यान्न वितरण गरिएको छ।

    एसोसिएसनका अध्यक्ष डा. दिपेन्द्र पोख्रेलले मुख स्वास्थ्यलाई समग्र स्वास्थ्यको आधार मान्दै यसको सचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो। उहाँले “मुख स्वास्थ्य राम्रो नभएसम्म शरीरको समग्र स्वास्थ्य सुदृढ हुन नसक्ने बताउँदै  नियमित दाँतको जाँच, सरसफाइ र सचेतना आजको प्रमुख आवश्यकता रहेको ठहर गर्नुभयो ।”

    यसैबीच, संस्थाका महासचिव डा. नेत्र भुसालका अनुसार मुख स्वास्थ्य शिक्षालाई अझ प्रभावकारी बनाउन पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन माध्यममार्फत नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ।

    विश्व मुख स्वास्थ्य दिवसको अवसरमा आयोजित यी कार्यक्रमहरूले समुदायमा दन्त स्वास्थ्यप्रति सचेतना बढाउने विश्वास लिइएको छ।  



    lumbinisanjal   
  • २०८२ चैत्र ६, शुक्रबार १६:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP