• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला

    • lumbinisanjal
    • २०८२ माघ २४, शनिबार १८:२९
    754
    SHARES
    दाङका कांग्रेस उम्मेदवार जिताउन काठमाडौँमा युवा भेला

    काठमाडौँ,२४ माघ  । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङका तीन वटै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन काठमाडौँमा रहेका युवाहरू भेला भएका छन् । शंकरदेव क्याम्पसको सभाकक्षमा दाङ काठमाडौँ युवा भेलाले हरिश भण्डारीको नेतृत्वमा सहजीकरण समिति गठन गरेको छ ।

    भविष्यमा नेपाली कांग्रेस दाङ काठमाडौँ सम्पर्क समितिमा रूपान्तरण गर्ने र तत्काल चुनाव केन्द्रित गतिविधिमा सक्रिय सहभागी हुने भेलाले निष्कर्ष निकालेको छ ।

    दाङबाट काठमाडौँ आएर अध्ययनरत एवं विभिन्न पेशा तथा व्यवसायमा आबद्ध झण्डै डेढ सय भन्दा बढीको भेलालाई संबोधन गर्दै नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले अहिले लोकतन्त्रमाथि खतरा रहेकाले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसजन एकजुट हुनुपर्नेमा जोड दिए ।

    यसैगरी नेपाल पत्रकार महासंघका पूर्व सभापति विपुल पोखरेलले उच्च मनोबलका साथ चुनावी प्रचार प्रसारमा केन्द्रित हुन आग्रह गर्दै सम्भव भएसम्म दाङ पुग्न आग्रह गरे ।

    त्यसैगरी नेपाल औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले दाङको चुनावी माहोलबारे चर्चा गर्दै सबैको साथ र सहयोगले आगामी निर्वाचनमा सफलता हासिल हुने बताए ।

    यसैगरी युवा नेता हरिश भण्डारीले आगामी दिनमा पनि यसैगरी भेला र छलफल गरी दाङको चुनावी माहोलका सँगसँगै विकास निर्माणका सवालमा पनि बहसहरू चलाउने प्रतिबद्धता व्यक्त गरे ।

    अहिलेको चुनाव सामाजिक सञ्जालका बहसले पनि प्रभाव पार्ने भएकाले युवा तथा विद्यार्थीहरूले सचेत भएर लाग्नु पर्नेमा जोड दिए ।

    चुनावमा दाङ क्षेत्र नम्बर १ बाट सहमहामन्त्री योगेन्द्र चौधरी, क्षेत्र नम्बर २ बाट युवा व्यवसायी एवं महासमिति सदस्य किरणकिशोर घिमिरे र क्षेत्र नम्बर ३ बाट निवर्तमान केन्द्रीय सदस्य दीपक गिरी उम्मेदवार छन् ।



    lumbinisanjal   
  • २०८२ माघ २४, शनिबार १८:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP