• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    प्युठानमा एमालेका वडाध्यक्ष उम्मेदवारसहित आधा दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश

    • lumbinisanjal
    • २०८२ माघ २३, शुक्रबार ०७:०२
    1.5K
    SHARES
    प्युठानमा एमालेका वडाध्यक्ष उम्मेदवारसहित आधा दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश

    प्युठान ,२३ माघ । सरुमारानी गाउँपालिका–१ मा नेकपा एमाले परित्याग गर्दै वडाध्यक्ष पदका उम्मेदवारसहित आधा दर्जन नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट सरुमारानी गाउँपालिका वडा नम्बर–१ का वडाध्यक्ष उम्मेदवार चेतबहादुर पुन, सोही निर्वाचनको परिचालन समितिअन्तर्गत युवा समितिका इन्चार्ज शोभबहादुर मर्साईसहित अन्य कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन्।

    नवप्रवेशीहरूलाई नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रा.डा. गोबिन्दराज पोख्रेल, लुम्बिनी प्रदेशसभा सदस्य नीमा गिरी, कांग्रेसका पूर्व पार्टी सभापति शिव रिजाल तथा सरुमारानी गाउँपालिका सभापति मुकुन्द शर्माले संयुक्त रूपमा स्वागत गर्नुभएको थियो।

    कार्यक्रममा बोल्दै नवप्रवेशीहरूले नेपाली कांग्रेसको नीति, विचार र नेतृत्वप्रति आकर्षित भएर पार्टी प्रवेश गरेको बताएका छन्। ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ अभियानले आफूहरूलाई थप उत्साहित बनाएको उल्लेख गर्दै लोकतन्त्र, विकास र समावेशी राजनीतिका लागि कांग्रेस नै उपयुक्त विकल्प भएको उनीहरूको भनाइ थियो।

    उनीहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार प्रा.डा. गोबिन्दराज पोख्रेललाई रुख चिन्हमा मतदान गरी विजयी गराउन संगठित रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन्।
    यस प्रवेशसँगै प्युठानमा नेपाली कांग्रेसको संगठन थप सुदृढ भएको नेताहरूको दाबी छ।



    lumbinisanjal   
  • २०८२ माघ २३, शुक्रबार ०७:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP