• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

    • lumbinisanjal
    • २०८२ पुष १४, सोमबार १०:०७
    884
    SHARES
    सिंहदरबार जलेको फोटो राख्दै शंकर पोखरेल लेख्छन्– यो विध्वंसका योजनाकारलाई बिर्सने छैनौं

    काठमाडौं,१४ पुस । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सिंहदरबार जलेको तस्बिर राख्दै यो विध्वंसका योजनाकारलाई बिर्सन नसक्ने बताएका छन् । सामाजिक सञ्जालमा सक्रिय महासचिव पोखरेलले सोमबार बिहान सिंहदबार जलेको फोटो राख्दै यस्तो बताएका हुन् ।

    उनले एकै दिनमा जनताको आन्दोलनका नाममा भएको त्यो घटनालाई विध्वंसात्मक भनेका छन् । उनले यो षड्यन्त्रको आरोप जेनजीका नाममा नेपाली नवयुवामाथि लागेको भन्दै त्यसलााई स्वीकार गर्न नसकिने बताए ।

    ‘एक दिनमा यत्रो क्षति !! जनताको आन्दोलन यस्तो हुन सक्दैन। कुनै पनि हालतमा, कुनै पनि बहानामा, यस्तो विध्वंसात्मक हुनै सक्तैन। त्यसमाथि यत्रो षडयन्त्रको आरोप जेन्जीका नाममा नेपाली नव युवाहरुमाथि ? अहं यस्तो हुनै सक्दैन !!’, पोखरेलले फेसबुकमा लेखेका छन्, ‘हामी बिर्सने छैनौं । हो, हामी बिर्सने छैनौं यस विध्वंसका योजनाकार र मतियारहरुलाई !! ’



    lumbinisanjal   
  • २०८२ पुष १४, सोमबार १०:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP