• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    ज्ञानोदय मावि पिपलधाराको ४०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    • lumbinisanjal
    • २०८२ पुष ९, बुधबार १५:५८
    5.3K
    SHARES
    ज्ञानोदय मावि पिपलधाराको ४०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

    गुल्मी ,०९ पुस । धुर्कोट गाउँपालिका वडा नं. २ पिपलधारामा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको ४०औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्धबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष सिता गिरीको विशेष आतिथ्यता रहेको थियो।

    कार्यक्रममा धुर्कोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्कबहादुर थापा, वडा नं. २ का अध्यक्ष बाबुराम खड्का लगायत जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले स्थानीय तहले शिक्षालाई प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि विभिन्न नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै आएको बताउनुभयो। उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

    त्यसैगरी गाउँपालिका उपाध्यक्ष सिता गिरीले शिक्षा सामाजिक तथा आर्थिक रूपान्तरणको आधार भएको उल्लेख गर्दै विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय विकासका लागि पालिकाले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हुमबहादुर महतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कृष्ण केसीले गर्नुभएको थियो।

    तीन दिनसम्म सञ्चालन भएको वार्षिकोत्सवमा विद्यार्थीहरूले विभिन्न खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा अतिरिक्त क्रियाकलाप प्रस्तुत गरेका थिए।

    वार्षिकोत्सवको अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक तथा सहयोगी अभिभावकलाई सम्मान गरिएको थियो। साथै विद्यालयका विभिन्न अक्षयकोषदातालाई सम्मान तथा पुरस्कार वितरणसमेत गरिएको विद्यालयले जनाएको छ।



    lumbinisanjal   
  • २०८२ पुष ९, बुधबार १५:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP