• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन

    • lumbinisanjal
    • २०८२ मंसिर १०, बुधबार ०८:५५
    1.6K
    SHARES
    निर्वाचन प्रयोजनका लागि आज दल दर्ताको अन्तिम दिन

    काठमाडौं ,१० मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने समय आज सकिँदै छ ।

    निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि यही मंसिर १ देखि आज (मंसिर १० गते) सम्मको समय दिएको थियो ।

    आयोगका अनुसार मङ्गलबारसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायत ८० वटा दलले निर्वाचनका लागि दल दर्ता गरेका छन् ।

    निर्वाचन आयोगमा पुराना र नयाँ गरी १३५ दल दर्ता भएका छन् । यसमध्ये निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलले मात्रै आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन पाउने छन् ।

    आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको मंसिर ११ देखि १८ गतेसम्म छानबिन र रुजु गरी मंसिर २० गते स्वीकृत भएका दलहरूको नामावली प्रकाशन गर्नेछ ।



    lumbinisanjal   
  • २०८२ मंसिर १०, बुधबार ०८:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP