• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    धार्मिक तथा पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले तम्घासमा बन्यो `फल्चा´

    • lumbinisanjal
    • २०८२ मंसिर ५, शुक्रबार २२:३४
    2.1K
    SHARES
    धार्मिक तथा पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले तम्घासमा बन्यो `फल्चा´

    गुल्मी,०५ मंसिर । गुल्मीको सदरमुकाम तम्घासस्थित भगवती मन्दिर नजिक रेसुङ्गा नगरपालिकाले निर्माण गरेको ‘पाटी/फल्चा’ सर्वसाधारणका लागि उपयोगी विश्रामस्थल बनेको छ। नगरपालिकाले करिब रु १० लाख खर्च गरेर तयार पारेको यो फल्चा धार्मिक तथा पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले निर्माण गरिएको हो।

    नगरप्रमुख खिलध्वज पन्थीले फल्चा निर्माणले धार्मिक गन्तव्यमा आउने भक्तजन, वृद्धवृद्धा तथा यात्रुहरूलाई सहजता पुगेको बताउँदै भन्नुभयो , “भगवती मन्दिर आसपासलाई व्यवस्थित, सुरक्षित र पर्यटकीय क्षेत्रमा रूपान्तरण गर्ने हाम्रो दीर्घकालीन योजना हो। फल्चा निर्माण यसै अभियानको एक महत्वपूर्ण पूर्वाधार हो, जसले यहाँ आउने जो–कसैलाई विश्राम लिन सहज बनाउने छ।”

    उहँका अनुसार नगरपालिकाले मन्दिर क्षेत्रको सौन्दर्यकरण, पदमार्ग सुधार र समग्र धार्मिक–पर्यटकीय वातावरण उन्नतिमा निरन्तर काम गरिरहेको छ।

    फल्चा निर्माणपछि स्थानीय तथा बाहिरबाट आउने भक्तजनले विश्राम लिने, कुराकानी गर्ने र समय बिताउने ठाउँ सहज पाएका छन्। स्थानीयवासीले पनि यसले मन्दिर क्षेत्रको आकर्षण थपिएको प्रतिक्रिया दिएका छन्।



    lumbinisanjal   
  • २०८२ मंसिर ५, शुक्रबार २२:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP