• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    महाधिवेशन कार्यतालिका तयारीबारे शेखर कोइरालाले पदाधिकारीसँग छलफल

    • lumbinisanjal
    • २०८२ कार्तिक १४, शुक्रबार १२:०१
    2.2K
    SHARES
    महाधिवेशन कार्यतालिका तयारीबारे शेखर कोइरालाले पदाधिकारीसँग छलफल

    काठमाडौ ,१४ कार्तिक । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको गतिरोध अन्त्य गर्दै नियमित महाधिवेशनको कार्यतालिका तय गर्ने विषयमा आफू निकट पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ।

    कोइरालाले आफ्नो सम्पर्क कार्यलय बिशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डेसँग आज बिहान छलफल गर्नुभएको हो।

    महाधिवेशनको मितिका विषयमा पार्टीभित्र विवाद पेचिलो बनेको बेला यो छलफल गरिएको थियो। विशेष महाधिवेशनको पक्षमा रहेका गगन थापा बिहीबारको केन्द्रीय समिति बैठकमा सहभागी हुनुभएन।



    lumbinisanjal   
  • २०८२ कार्तिक १४, शुक्रबार १२:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP