• २०८३ जेष्ठ २२ | Fri, 05 Jun 2026
  • Dark Mode

          Subscribe

    नेपालले भारतलाई उसकै घरमा हरायो, सावित्रा एक्लैले गरिन् दुई गोल

    • lumbinisanjal
    • २०८२ कार्तिक १०, सोमबार २०:३६
    2.2K
    SHARES
    नेपालले भारतलाई उसकै घरमा हरायो, सावित्रा एक्लैले गरिन् दुई गोल

    काठमाडौं ,१० कार्तिक । नेपाली महिला फुटबल टोलीले भारतलाई उसकै घरमा हराएको छ । सोमबार भएको खेलमा नेपालले भारतलाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो । नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरेकी हुन् ।

    सिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि दोस्रो मिनेटमा नै साम्बाले गोल गरेकी थिइन् । यस्तै खेलको २२ औँ मिनेटमा प्रीति राई र ४३ औँ मिनेटमा साम्बाले पाएको अवसरलाई सदुपयोग गर्न चुकेका थिए ।

    यद्यपि खेलको ६३ औँ मिनेटमा साम्बाले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन् । खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्काएको थियो ।

    त्रिदेशीय प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ। इरानले नेपाललाई ३–० र भारतलाई २–० हराएको थियो ।

    एक वर्ष अगाडि काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले रोमाञ्चक खेलमा भारतलाई टाइब्रेकरमा हराएको थियो ।



    lumbinisanjal   
  • २०८२ कार्तिक १०, सोमबार २०:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP