• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    समर्पण बालगृहद्वारा अटिजमसम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

    • lumbinisanjal
    • २०८२ श्रावण १७, शनिबार १६:३०
    2.3K
    SHARES
    समर्पण बालगृहद्वारा अटिजमसम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

    बुटवल, १७ साउन। समर्पण बालगृह बुटवलले शनिबार अटिजमसम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समर्पण बालगृहले अटिजमसम्बन्धी विद्यालय सञ्चालन गरी समाजमा पुर्याएको योगदानको प्रशंसा गर्दै नगरपालिकाको तर्फबाट सधैं सहयोगी भूमिका रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    बेलायतमा अटिजम स्कुल सञ्चालन गरिरहेका नरेन्द्र कंडेलले विद्यालयलाई आर्थिक, नैतिक र शैक्षिक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै तत्काल दुई लाख रुपैयाँ नगद सहयोग गर्नुभएको छ। सो अवसरमा विद्यालयको तर्फबाट कंडेललाई विशिष्ट सल्लाहकारमा मनोनीत गर्दै सम्मान गरिएको थियो।

    कार्यक्रममा चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेलले महिलाको नेतृत्वमा सञ्चालित संस्थाले अटिजम भएका बालबालिकालाई समाजमा घुलमिल गराउने काममा उल्लेखनीय योगदान दिएको बताउनुभयो।

    त्यसैगरी, लायन्स डिष्ट्रिक्ट ३२५ पि का गर्भनर बालाराम भट्टराई, सरस्वती ढुंगाना लगायतले पनि आफ्ना मन्तव्य राख्नुभएको थियो।

    हाल समर्पण बालगृहमा अटिजमसम्बन्धी समस्या भएका ५० जना बालबालिका अध्ययनरत छन्। कार्यक्रम बालगृहका अध्यक्ष डा. शान्त शर्माको अध्यक्षता, प्रिन्सिपल मञ्जु श्रेष्ठको स्वागत र उपाध्यक्ष पुष्पा कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

     



    lumbinisanjal   
  • २०८२ श्रावण १७, शनिबार १६:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP