• २०८३ जेष्ठ २१ | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    स्वर्गद्वारीमा बोलबम तीर्थालुको घुइँचो, माण्डवीको जल लिएर शिवधाममा दर्शन

    • lumbinisanjal
    • २०८२ श्रावण ५, सोमबार १९:२२
    2.6K
    SHARES
    स्वर्गद्वारीमा बोलबम तीर्थालुको घुइँचो, माण्डवीको जल लिएर शिवधाममा दर्शन

    प्यूठान, ५ साउन । साउनको पवित्र महिनासँगै लुम्बिनी प्रदेशको प्रमुख धार्मिकस्थल स्वर्गद्वारीमा तीर्थालुको भीड बढेको छ। बोलबम बोल्दै हजारौं भक्तजन माण्डवी नदीबाट जल लिएर स्वर्गद्वारीमा दर्शन गर्न पुगेका छन्।

    स्वर्गद्वारी आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीका अनुसार साउन महिनाभर विशेषगरी शिवभक्तहरू बोलबम यात्राका लागि स्वर्गद्वारी आउने गरेका छन्। भारतका विभिन्न भागहरूबाट समेत श्रद्धालुहरू शिव उपासना गर्न आउने गर्छन्। “स्वर्गद्वारीलाई इष्टदेवता मानेर जल चढाउन आउने भक्तजनको संख्या वर्षेनी बढ्दो छ,” उहाँले बताउनुभयो।

    गाडी रिजर्भ गरेर आउने तीर्थालुको संख्या उल्लेख्य रूपमा बढेको स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालिका भिंगृ काउन्टर इञ्चार्ज सुरज शाहले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “साउन महिनाभर गाडी चाप पनि बढी हुन्छ, अन्य समयमा पनि यात्रुको ओइरो लाग्छ।”

    स्वर्गद्वारीमा वैशाख पूर्णिमा, तिहारको औंसी, दशैँको फूलपाती, र माघे सङ्क्रान्ति लगायत विशेष अवसरमा मेला तथा पूजा आयोजना हुने गर्छ। आश्रमका अनुसार नेपालका विभिन्न भूभागका साथै भारतका राज्यहरूबाट समेत श्रद्धालु आउने गरेका छन्।

    वि.सं. १८९६ मा रोल्पाको सखी गाविसको रुम्टी गाउँमा जन्मनुभएका महाप्रभुले १९५२ सालमा स्वर्गद्वारी आश्रम स्थापना गर्नुभएको हो। उहाँले वैदिक विधिबाट दीप प्रज्वलन गर्दै अखण्ड महायज्ञ आरम्भ गर्नुभएको थियो, जुन अझै पनि निरन्तर जलिरहेको

    📷 तस्बिर: सुजल श्रेष्ठ
    ✍️ रिपोर्टिङ: सुजल श्रेष्ठ/ गोरखापत्र अनलाइन



    lumbinisanjal   
  • २०८२ श्रावण ५, सोमबार १९:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP