• २०८३ जेष्ठ २५ | Mon, 08 Jun 2026
  • Dark Mode

          Subscribe

    धुर्कोट–३ मा पदम बिष्टको नेतृत्वमा ठूला परिवर्तन: शिक्षा, खानेपानी, सडकदेखि पर्यटनसम्म विकासको लहर

    • lumbinisanjal
    • २०८२ असार २१, शनिबार २२:२१
    5.2K
    SHARES
    धुर्कोट–३ मा पदम बिष्टको नेतृत्वमा ठूला परिवर्तन: शिक्षा, खानेपानी, सडकदेखि पर्यटनसम्म विकासको लहर

    गुल्मी, २१ असार । धुर्कोट गाउँपालिका वार्ड नम्बर ३ हाडहाडेमा वडाध्यक्ष पदम बिष्टको सक्रिय नेतृत्वमा पछिल्ला केही वर्षयता उल्लेखनीय विकास भएको छ।

    शिक्षा, खानेपानी, पूर्वाधार, पर्यटन, सामाजिक समावेशीकरण र महिलासशक्तीकरणका क्षेत्रमा भएको सुधारले वडा समृद्धिको यात्रामा अघि बढिरहेको छ।

    शिक्षामा गुणात्मक सुधार

    वडाभित्रका विद्यालयहरूले पछिल्ला वर्षहरूमा उत्कृष्ट नतिजा हासिल गरेका छन्। शिक्षकको भूमिकामा सुधार, विद्यार्थीको अनुशासन, सिकाइको गुणस्तर र अभिभावकको सहभागिता बढेसँगै सम्पूर्ण शैक्षिक वातावरण सकारात्मक बनेको छ। “विद्यालयको नतिजा हेर्दा हामीलाई गर्व लाग्छ,” एक स्थानीय शिक्षक भन्छन्।

    खानेपानी: घरघरमा सहज पहुँच

    पहिले सुक्खा क्षेत्र मानिने खरखर जस्ता बस्तीहरूमा अहिले घरघरमा धारा पुगेको छ। खानेपानी योजनालाई प्राथमिकतामा राख्दै स्रोत व्यवस्थापनदेखि पाइप विस्तारसम्मका कार्य वडाले प्रभावकारी रूपमा सम्पन्न गरेको छ। यसबाट दैनिक जीवन सहज बनेको स्थानीय बताउँछन्।

    सडक र सिडीले जोडिए गाउँगाउँ

    पहिलेका अपायक बाटोहरू अब पक्की सडक र सिमेन्ट–ढुङ्गाका सिडीमार्फत सुगम बनेका छन्। वृद्धवृद्धा, बालबालिका र सर्वसाधारणलाई आवतजावत सहज बनाउन ठूला पहलकदमी लिइएको छ।

    पर्यटन प्रवर्द्धनमा अग्रसरता

    वडामा रहेका प्राकृतिक, धार्मिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवर्द्धनका लागि बजेट छुट्याएर योजना अघि बढाइएको छ। स्थानीय संस्कृति, परम्परा र मौलिक पहिचान जोडेर आन्तरिक पर्यटन विकासको प्रयास भइरहेको वडाध्यक्ष बिष्ट बताउँछन्। वडामा “ट्री हाउस” निर्माणको काम पनि सुरू गरिएको छ।

    समावेशी विकासमा जोड

    वडामा रहेका विभिन्न जातीय र सामाजिक पृष्ठभूमिका समुदायहरूलाई लक्षित गरी योजना तयार पारिएको छ। पहुँचविहीन बस्तीहरूमा आधारभूत सेवा, पूर्वाधार तथा सामाजिक सहभागिता वृद्धि गर्न विशेष पहल गरिँदै आएको छ। योजना छनोटदेखि कार्यान्वयनसम्मको प्रक्रियामा जनप्रतिनिधि र स्थानीयबासीको सशक्त समन्वय रहँदै आएको छ।

    शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम

    वडाका तीन विद्यालय — नयाँगाउँ मावि, गणेश मावि र निन्नुखर्क मावि — का तीन जना जेहेन्दार विद्यार्थीलाई कक्षा ६ देखि १२ सम्मको अध्ययनका लागि वार्षिक १२ हजार रुपैयाँ दरले छात्रवृत्ति उपलब्ध गराइएको छ। अन्य संस्था र दातासँग समन्वय गर्दै वडाले यो व्यवस्था गर्न सफल भएको हो।

    महिलाहरूलाई आत्मनिर्भर बनाउने पहल

    वडामा पहिलोपटक नौमती महिला पञ्चेबाजाको सुरुवात गरिएको छ। महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने र स्थानीय संस्कृति जगेर्ना गर्ने उद्देश्यसहित यो समूह स्थापना गरिएको हो, जसले महिलासशक्तीकरणमा उदाहरणीय काम गरेको छ।

    “परिवर्तनको यो सुरुवात मात्रै हो”

    वडाध्यक्ष पदम बिष्ट भन्छन्, “हामी धुर्कोट–३ लाई नमूना वडा बनाउने लक्ष्यमा छौं। शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र पर्यटनका सबै क्षेत्रमा दीगो विकास हाम्रो लक्ष्य हो। यो त शुरुवात मात्रै हो, अझ धेरै गर्न बाँकी छ।

    धुर्कोट–३ मा भएका यी परिवर्तनहरू वडाध्यक्षको सक्रियता, पारदर्शिता र योजनाबद्ध कार्यशैलीका प्रतिफल हुन्। स्थानीय तहमा जनप्रतिनिधिको दृष्टिकोण र जिम्मेवारीपन कस्तो हुनुपर्छ भन्ने दृष्टान्त बनेका छन् पदम बिष्ट। वडा अहिले साँच्चै रूपान्तरणको यात्रामा अग्रसर छ।



    lumbinisanjal   
  • २०८२ असार २१, शनिबार २२:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP