• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    गाजामा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

    • lumbinisanjal
    • २०८२ असार १७, मंगलवार ०८:३३
    1.9K
    SHARES
    गाजामा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

    इजरायली आक्रमणबाट ध्वस्त भएको अल बाका क्याफ्टेरिया । तस्बिरः बिबिसी

    गाजा ,१६ असार । अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको एक क्याफेमा भएको इजरायली हमलामा कम्तिमा २० जनाको ज्यान गएको छ।

    प्रत्यक्षदर्शीका अनुसार उद्धार टोलीले त्यहाँबाट २० शव बाहिर निकालेका छन्। अल बाका क्याफ्टेरिया नामको सो क्याफेमा घाइते भएका थुप्रैको उद्धार गरिएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ।

    ‘अन्य स्थानमा इन्टरनेटको अभाव भएका कारण म इन्टरनेट प्रायोजनकै निम्ति त्यहाँ पुगेका थिएँ। म नजिक जाने बित्तिकै विस्फोट भएको हो’, एक स्थानीय क्यामरा पर्सनले भने। सामाजिक सञ्जालमा पोस्ट भएको भिडियो हेर्दा इजरायली मिसाइल आक्रमण भएको प्रस्ट देख्न सकिन्छ।

    गाजालाई खाली गराउने सोचसहित आक्रमण गरेपछि इजरायलले क्याफेमा आक्रमण गरेको हो। अन्तर्राष्ट्रिय निकायले नै इजरायली प्रधानमन्त्री बेन्जानिम नेतान्यहुलाई युद्ध विरामका लागि दबाब दिइरहेको समयमा यो आक्रमण भएको हो।

    १९ जनवरीमा भएको युद्ध विराम मार्च महिनाको सकिएको थियो। त्यसयता इजरायलले लगातार आक्रमण गरेको छ। पछिल्ला केही दिनयता आक्रमणलाई तीव्र बनाएको छ।

    अमेरिका लगायत अन्तर्राष्ट्रिय निकायले दिएको दबाबका बाबजुद इजरायलले ११ सातासम्म त्यस स्थानमा राहत पुग्न दिएको थिएन। अहिलेसमेत इजरायलले आक्रमणलाई निरन्तरता दिएको छ ।



    lumbinisanjal   
  • २०८२ असार १७, मंगलवार ०८:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP