• २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • Dark Mode

          Subscribe

    बुटवल उपमहानगरपालिकाद्वारा डेंगि रोग रोकथाम सम्बन्धि अभिमुखीकरण

    • lumbinisanjal
    • २०८२ असार ८, आईतवार २३:३८
    3.6K
    SHARES
    बुटवल उपमहानगरपालिकाद्वारा डेंगि रोग रोकथाम सम्बन्धि अभिमुखीकरण

    बुटवल, ०९ असार । बुटवल उपमहानगरपालिकाद्वारा डेंगि रोग रोकथाम सम्बन्धि अभिमुखीकरण कार्यक्रम आइतबारदेखि सुरु भएको छ ।

    बुटवल उपमहानगरपालिकाले हरेक वर्ष ‘डेंगु खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएको छ । सोही अनुसार बुटवल उपमहानगरभित्रका विद्यालयहरु न्यू होराइजन, नविन औद्योगिक मा.वि. र क्यानन मा. वि. का विद्यार्थीहरु, बुटवल नगर प्रहरीहरु, सञ्चारकर्मी तथा सरोकारवालाहरुको सहभागितामा डेंगु रोग रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

    बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेको अध्यक्षतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा बोल्दै पाण्डेले मौसम परिवर्तनसंगै डेङुरोग फैलनेक्रम बढेको बताउँदै यसको संक्रमणबाट बच्न समुदायस्तरमा सचेतना बढाउनु पर्ने आवश्यकता भएको बताए ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक मिनप्रसाद पोखरेल र कल्पना भुसाल लगायतले डेंगि रोगको बारेमा सहजीकरण गरेका थिए । उक्त अभिमुखीकरण कार्यक्रम तीन दिनसम्म नगरपालिकामा चल्नेछ ।

    सोमबार दोस्रो दिन बुटवल उपमहानगरपालिका भित्रका टोल विकासका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दैछ भने तेसो दिन बुटवलभित्रका विद्यालयहरुका शिक्षकहरुको उपस्थितिमा उक्त सचेतना कार्यक्रम सम्पन्न गरिनेछ ।

    खासगरी पालिकाले फरक फरक सेशनमा गरेको अभिमुखीकरणले बुटवलबासीलाई डेंगु रोगबाट बचाउनका लागि सहयोग पुग्ने र यदि कसैलाई यो रोग लागेमा लक्षणहरु कसरी थाहा पाउने ? यसबाट कसरी बच्न सकिन्छ ? त्यसका लागि विशेष ध्यान दिई आफू बस्ने घर वरपरको पानी जम्ने खाल्डाखुल्डी पुरी, रबरका टायर वा अन्य पलाष्टिकका भाडाहरु हटाई सफा राख्न पालिकाले सबैलाई निर्देशन दिएको छ ।



    lumbinisanjal   
  • २०८२ असार ८, आईतवार २३:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP