• २०८३ जेष्ठ २४ | Sun, 07 Jun 2026
  • Dark Mode

          Subscribe

    माओवादी केन्द्रले माग्यो गृहमन्त्री रमेश लेखकको राजीनामा

    • lumbinisanjal
    • २०८२ जेष्ठ १२, सोमबार १४:४०
    2.6K
    SHARES
    माओवादी केन्द्रले माग्यो गृहमन्त्री रमेश लेखकको राजीनामा

    काठमाडौं ,१२ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।

    सोमबार विहान बसेको पदाधिकारी बैठकले यो प्रकरणमा मन्त्री लेखकले राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने निश्कर्ष निकालेको हो।

    बैठकपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले भने,‘हाम्रो पार्टीको आज बसेको बैठकले गहृमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ भन्ने निश्कर्ष निकालेको छ।’

    यस प्रकरणमा गृहमन्त्रीले राजीनामा दिँदामात्रै पावरको दुरूपयोग हुन नपाउने आफूहरुको निश्कर्ष रहेको सापकोटाको भनाई छ ।



    lumbinisanjal   
  • २०८२ जेष्ठ १२, सोमबार १४:४०
  • #Maiost party #Rajinama ramesh lekhak #प्रचण्ड

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP