• २०८३ जेष्ठ २० | Wed, 03 Jun 2026
  • Dark Mode

          Subscribe

    नक्कली नोट बनाउने पाँच जना गिरोह पक्राउ

    • lumbinisanjal
    • २०८१ फाल्गुन २८, बुधबार ०५:००
    2.8K
    SHARES
    नक्कली नोट बनाउने पाँच जना गिरोह पक्राउ

    सर्लाही, २८ फाल्गुन । सर्लाही प्रहरीले नक्कली नोट बनाउने गिरोहमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट नक्कली नोटसहित नोट बनाउने कार्यमा संलग्न पाँच जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७, बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२, कै ३५ वर्षीया सिहानता कुमारी देवी रहेका छन् ।

    भारततर्फबाट बा.४७ प ८७५७, बीआर ३० सी ४७६६ र बीआर ३० एआई ३०४९ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरूलाई विशेष सूराकीको आधारमा खानतलासी लिँदा नक्कली नोट बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । प्रहरीले उक्त गिरोहको साथबाट नेपाली नक्कली एक हजार दरको तलमाथि एक-एक वटा नोट राखी बिचमा सेतो पेपर राखेर बनाइएको ८८ थान बन्डलमा नक्कली नेपाली रुपियाँ १७६ थान (एक लाख ७६ हजार रुपियाँ) बरामद गरेको छ ।

    पक्राउ परेका पाँचै जनालाई मुद्रा सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी राईले बताउनुभयो । नक्कली नोट बनाउन यी पाँच जना बाहेक अन्य व्यक्ति समेत संलग्न रहेको हुनसक्ने आशङ्काको कोणबाट प्रहरीले अनुसन्धान अघि बढाएको छ । – गोरखापत्र



    lumbinisanjal   
  • २०८१ फाल्गुन २८, बुधबार ०५:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP